Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

समृद्धि पहाडको सोंच लिएर काम गर्दैछौं – मिरेन लामा

$
0
0
Miren Lama GJM central committee member
शुन्य शत्रुताको नारालाई लिएर गोर्खा जनमुक्ति मोर्चाले काम गर्दैछ | आम जनताको बिश्वास होस्, समृद्धि पहाडको सोंचलाई लिएर काम गर्दैछौं | उपरोक्त मन्तब्य गोर्खा जनमुक्ति मोर्चा मङपु सिल्मे, चालिस धुर शाखाको संयुक्त सभालाई सम्बोधन गर्दै गोजमुमो केन्द्रीय समिति सदस्य मिरेन लामाले व्यक्त गरे | बिशेष सिन्कोना बगानको प्राय: एक दशकदेखि ठप्प भएर बसेको पदोन्नति प्रक्रियाको पनि चाडैं नै समाधान हुने अनि बर्तमान अस्थायी दश दिने अनि बीस दिने श्रमिकहरुलाई स्थायीकरण गराउन गोजमुमो श्रमिक युनियनले युद्ध स्तरमा काम गरिरहेको कुरा सभामा बताए | सुजम छेत्रीद्वारा संचालित सभमा बिशेष पारिवारिक व्यस्तताको कारण मङपु शाखाको सचिवले दिएको राजिनामापछि उत्पन्न रिक्त पदको निम्ति चुनाव गराउंदै अनि पदाधिकारीको सामान्य फेरबदल गर्न सभाको मुख्य बिषय रहेको मङपु शाखा सभापति किशोर थापाले बताएपछि उपस्थित जानसमुहले मङपु शाखाको सचिवको पदमा सुजम छेत्रीलाई नियुक्त गरे | यसरी नै मङपु विभागीय श्रमिक युनियनको सचिवको भार पीएल गुरुङलाई दिइयो | उक्त तिनैवटा शाखामा युवा मोर्चा गठन नभएको तथ्यलाई ध्यानमा राख्दै युवा मोर्चा शाखा गठन गरिने कार्यक्रमलाई हातमा लिँदै बर्तमान दुईजना संयोजक अबुल राई अनि संजय थापालाई जिम्मेवारी दिइयो | यस चुनावी सभामा चुनाव पर्यवेक्षकको रुपमा मङपु लाब्दा समष्टि स्तरीय पार्टी नेतृत्वगण क्रमैले गगन राई, एडवर्ड लेप्चा, श्रमिक युनियनबाट किशन बुडाथोकी अनि राजेश घिसिंग, युवा मोर्चाबाट बिकाश गुरुङ, बिज्ञेन मिश्र आदिको उपस्थिति थियो भने गगन राई अनि किशन बुडाथोकीले पनि सभालाई सम्बोधन गरेको जानकारी गोर्खा जनमुक्ति मोर्चा रोङचोङ जीपी कमिटि प्रवक्ता एवम प्रचार प्रसार सचिव रबीन योन्जनले दिएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles