मङपु क्षेत्रमा बिहानैको हिमालय दर्पण पत्रिका गाउँ गाउँसम्म पुराउने दुई जना वृद् पत्रिका विक्रेता ६५ वर्षीय बीरबहादुर बुडाथोकी र ७० वर्षीय जेपी छेत्रीलाई समाजमा पुराएको योगदानको कदर गर्दै हिमालय दर्पण नेपाली रंगीन पत्रिकाको १७ औं वर्ष गाँठको अवसरमा शनिबार कालेबुंगमा आयोजित भब्य समारोह बीच दर्पण कालेबुंग शाखा बिउरो चीफ अजय अग्रवालको बाहुलीबाट सम्बर्धना जनायो | यी दुई वृद्हरुमा बीर बहादुर बुडाथोकी जसले दैनिक ६ किमीको यात्रा तय गर्दै नालीडाँडादेखि घर घर हिमालय दर्पण पुराउने गर्छ भने जेपी छेत्री जो मङपुको सबै भन्दा पुरानो पत्रकार हुनको साथै एक समयका होनहार बरिष्ठ पत्रकार पनि हुन जसले १९६५ सालदेखि हिमालचुली अनि विभिन्न पत्र पत्रिकाहरुमा काम गर्दै आएका हुन् |
↧