Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

गुड स्टार्ट एकडेमीमा डिजिटल स्मार्ट क्लास शुरु

$
0
0
Digital Smart Class in Good Start Academy
मङपुको एउटा अंग्रेजी शैक्षिक संस्थान गुड स्टार्ट एकाडेमीले एउटा नयाँ माइल खुट्टी पार गरिसकेको छ | एकडेमीले एउटा अभिभावक सभा डाकेर देवगण छेत्रीको बाहुलीबाट मङपुमा पहिलो चोटि डिजिटल स्मार्ट क्लास (Digital Smart Class) को उद्घाटन गरेको छ | सबै अभिभावकले विधालयको यस उपलब्धिलाई सहृदय स्वीकारेर आफ्नो नानीहरुको सुनौलो शिक्षा प्रणालीमा उच्चतर दिशातिर नयाँ प्रयास गरेकोमा स्कूल संचालन समिति अनि प्रिन्सिपल एमके छेत्रीलाई धन्यबाद व्यक्त गरेका छन् | शिक्षिका मनिषाले स्मार्ट क्लासको प्रदर्शनी गरेर गुड स्टार्ट एकाडेमीले गुणस्तर शिक्षा दिने अभिभावकहरुको मनमा बिश्वास दिलाएका छन् | कार्यक्रमको अन्तमा अभिभावकहरुले विधालयले गरेका यस प्रयासको निम्ति आउँदो भविष्यमा आफूहरुले पनि विधालयलाई सकेसम्म सहयोग पुराउने बताएका छन् |

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images