Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु लाब्दा समष्टि नारी मोर्चा गठन

$
0
0
Gorkha Janmukti Nari Morcha Mungpoo Labdah Samasty
स्थानिय पेन्शनर्स् कार्यालमा मङ्पु लाब्दा  समष्टी नारी मोर्चा अनि समष्टी स्तरीय आई सी डी एस संगठनार्थ एक अति जरूरी सभा  रूथकेलमीत लेप्चाको सभापतित्वमा सम्पन्न भयो।सभामा खरसाङ सब डिभीजन नारी मोर्चाकी सभानेत्री  तथा बीओए भार प्राप्त सदस्या आइसीडीएस विभाग अणु प्रधान तथा माइनोरिटी विभाग की भार प्राप्त सदस्या  जैतुन खानुको विशेष उपस्थिती थियो। सभामा केन्द्रीय कोर  कमिटी गोजमुमो सदस्य  मिरेन लामा, गोजमुमो मङ्पु समष्टी का मुल सचिव  गगन राई ,युवा मोर्चा खरसाङ सब डिभीजन कमिटी का मुल सचिव बिज्ञान मिश्र, केन्द्रीय समिति युवा मोर्चा सदस्य अनीत खाती लगायत अन्य मोर्चा कार्यकतावर्गको उपस्थिति थियो। सभामा विगतमा पार्टी को नेतृत्वले गरेको गल्तिले नै पार्टी को यस्तो अवस्था भएको सबैले आआफ्नो मन्तब्य पोखे।गोर्खाल्याण्ड मुद्दा हालमा लुडोको खेलामा अन्ठानब्बे पुग्दा दुइ हान्नु पर्नेमा एक हानी पठाउँदा निनानब्बेको साँपले खाई पठाएर स्वात्तै तल सात नम्बर मा झरेको र अब पुन: यसलाई उठाएर अघिडी लैजाना पर्ने ठुलो जिम्मेवारी वर्तमानको गोजमुमो संगठनको काँध आइपरेको कुरा  कोर कमिटी सदस्य  मिरेन लामाले सभालाई बताए। खरसाङ सब डभीजन सभानेत्री अणु प्रधानले अब उसो पहाडमा  शान्तिपुर्ण ढंगमा सांगठानिक शक्तिको बलमा सबैको आर्थिक सामाजिक शैक्षिक बिकाश गरेर लैजान पर्ने जोड दिए भयो जसमा नारीहरू सबै खुलेर अघाडी आउन पर्ने आह्वान गरे ।
आजको अपार भीडले निम्न प्रकारले मङ्पु लाब्दा समष्टी नारी मोर्चा गठन गर्यो।सभानेत्री बसुन्धारा रावत मुल सचिवमा  अनुज्योती आले उपाध्यक्षा निता राई बन्दना लामा,सह सचिवाहरू अबिका सुब्बा रेमिका लोप्चन अनि संगिता राई, कोषाध्यक्ष सुबर्सा तामाङ एवं लेखा परिक्षक दुवै अन्जु खाती अनि रूथकेल मीत लेप्चालाई   सर्बसम्मतिबाट चयन  गरियो ।सभालाई गगन राई  विज्ञान मिश्रले पनि सम्बोधन गर्दै गरेका थिए भने सभा सन्चालन अनित खातीले गरेका थिए  ।।

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles