Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

जोगीघाटमा जीटीएको अफिसियल कार्यक्रम हुने

$
0
0
Jogighat steel bridge
नेपाली नयाँ वर्ष २०७५ अथवा आगमी १४ अप्रेल बैशाख सक्रान्तिको शुभ मुहुर्त पारेर जोगीघाट मङपुमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अफिसियल कार्यक्रम सम्पन्न हुने तय भएको छ | जुन कार्यक्रममा ३५७ करोडको हिसाब जनहितको निम्ति जनता अघि सार्वजनिक गर्ने निर्णय भएको छ भने त्यस कार्यक्रमलाई सम्पन्न गराउन उपसमिति पनि गठन गरिएको छ जसमा चीफ कोअर्डिनेटर अनुज थापा गोजमुमो मूल सचिव खरसाङ महकुमा समिति, मिरेन लामा केन्द्रीय समिति सदस्य, सभापति रतन गुरुङ, युवा मोर्चा मुल सचिव विज्ञेन मिश्र लगायत अन्य पदाधिकारीगण एवम अन्य कार्यकारिणी सदस्यहरु पनि सामेल रहेका छन् | यसै कार्यकमलाई सम्पन्न गराउन बारे गत शुक्रबार जोगीघाट परिसरमा एउटा महत्वपूर्ण सभा पनि सम्पन्न भएको थियो जसमा गोजमुमो खरसाङ महकुमा समिति सचिव अनुज थापा, उत्तम दास प्रधान, मिडिया सेल प्रभारी उतम थापा, प्रचार प्रसार सचिव पदम मग्रान्ती, कार्यलय सचिव अनि उपसमितिका पदाधिकारीगणहरुमा गोजयुमो खरसाङ महकुमा समिति बिज्ञेन मिश्र, गोजमुमो मङपु लाब्दा समष्टि सचिव गगन राई, केन्द्रीय युवा मोर्चा अनित खाती, शुशील राई र अन्यको बिशेष उपस्थिति रहेको थियो | कार्यक्रम स्थलको तयारी आजदेखि नै द्रुत गतिमा गरिने जानकारी समितिका प्रचार प्रसार सचिव अनित खातीले दिएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles