मङपुका विभिन्न क्षेत्रहरुमा विगत केही वर्षदेखि स्थानीय संघ संस्थाहरुले बिशेष स्थानहरुतिर आफ्नै खर्चमा स्ट्रीट लाइट जडान गर्ने क्रम चलिरहेको छ | दिनोदीन जनघनत्व बढेर डाँडा काटेपनि मङपु कुनै शहर अथवा नगरपालिका नभएकोले नै यहाँ कतिपय आवश्यक स्थानहरुतिर पनि सरकारबाट भने जस्तो सहुलियत नपाएको सर्वविधित छ | यही असुविधाहरुलाई ध्यानमा राखेर विगत वर्षहरुमा नालीडाँडा व्यापारी संगठनले नालीडाँडा परिसर भरि संगठनकै खर्चमा स्ट्रीट लाइट जडान गरेर जनहितमा काम गरेको थियो भने यसरी नै रेसेप बजार ब्यापारी संगठनले पनि बजार परिसरमा जडान गरेको थियो | यसरी स्ट्रीट लाइट जडान गरेपछि कतिपय असामाजिक तत्वहरु जस्तै चोरी, आधारातमा मद मदिरा सेवन गरेका व्यक्तिहरु अभद्र व्यवहार गर्दै अपशब्दहरुमा कराउँदै हिड्ने जस्ता घटनाहरु धेरै घटेको स्थानीय मानिसहरुको भनाई छ | यही लहरमा मङपुको पहिलो क्याटरिङ सर्विस लाब्दा विभाग स्थित महाराजा क्याटरिङले पनि यहाँको लाब्दा गुम्बा परिसरमा स्ट्रीट लाइट जडान गरेको छ | आफ्नै खर्चमा जडान गरिएको स्ट्रीट लाइटले क्षेत्रमा रातको समय हुने अप्रिय घटनाहरु रोक्नुको साथै लाब्दा विभागको सम्पति गुम्बालाई सुरक्षित राख्नमा पनि सहयोग पुग्ने महाराजा क्याटरिङको बिश्वास रहेको जानकारी क्याटरिङको पक्षमा दिपेन योन्जन अनि शेखर मोक्तानले जनाएको छ ||
↧