Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

पहिलो जनवरीको दिन जोगीघाटमा पर्यावरण सचेतना कार्यक्रम

$
0
0
Environment awareness programme at jogighat
पर्यटनको पूर्ण सम्भावाना बोकेको जोगीघाट परिसरमा दिनोदिन पर्यटकहरुको भीड बढ्न थालेपछि यसको प्राकृतिक सौन्दर्यलाई यथावत राख्न जोगीघाट हाट आयोजक समितिलले गत १ जनवरीको दिन पर्यावरण सचेतना कार्यक्रम आयोजन गरेको छ | उक्त दिन नयाँ साल मनाउन पिकनिक खेल्न आउने सम्पूर्ण पर्यटकहरुलाई यसको परिसर सफा र सुन्दर राख्न पर्ने चेतना फैलाउनलाई नै समितिले यस प्रकारको कार्यक्रम आयोजन गरेको थाहा लागेको छ भने यस सचेतना कार्यक्रम बिहान पिकनिक खेल आउनेहरु भेला हुनथालेपछि शुरु गरिएको थियो | कार्यक्रमलाई हाट कमिटि उपसचिव प्रणय राईले संचालन गरेका थिए जसमा जोगीघाट परिसरमात्र नरहेर क्षेत्रबासी सम्पूर्णले आफ्नो घर परिसरदेखि नै पर्यावरण स्वच्छ बनाइरहनु पर्ने जनाएको थिई | यसरी नै सम्बोधनमा हाट कमिटि सभापति समीर मोक्तानले यस क्षेत्रलाई सफा र सुन्दर राखे यसबाट हामीलाई नै लाभदायक हुने जनाए | यसको साथै बनभोज खान आउने साथै स्थानीयबासीले पनि बोतलहरु नफुटाइदिने, बोतल फुटाएर खोलामा नाफ्यांकीदिने, मिठाई आदिका खोलहरु जथाभावी नाफलिदिने अपिल गरे | तिनले बिशेष युवा जमातलाई लक्षित गर्दै मद मदिराहरु सेवन गरेर आफ्नो अमुल्य जीवन त्यसै खेर नफाल्ने सुझाव दिएका थिए | सम्बोधनमा लाब्दा विभागीय ग्याङमेन एमबी रसाइलीले पनि सम्पूर्णलाई फोहर मैला, खोलामा करेन्ट, पोइजनहरु नहालिदिने अनुरोध गर्दै सम्पूर्णलाई नयाँ सालको शुभकामना पनि दिए | पर्यावरण संरक्षणको निम्ति सम्बन्धित विभिन्न प्लाकार्डहरु बोकेर शुरु भएको कार्यक्रममा हात समितिबाट सुदन राई, कुलदिप छेत्री, दुर्गा मुखिया, प्रवास राई लगायत पिकनिक खेल्न आइपुगेका मानिसहरु अनि लाब्दा सिन्कोना बगानका चप्रासी, चौकीदार, मङपु पुलिस आउट पोस्टका जवानहरु साथै स्थानीय मानिसहरुको पनि बिशेष सहभागिता रहेको थियो || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles