Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

अर्को थप पर्यटन स्थल बन्दैछ ट्रपिकल नर्सरी

$
0
0
Flowering of Chrysanthemum at Tropical Nursery
मङपु घुम्न आएका पर्यटकहरुलाई अहिलेसम्म यहाँको सरकारी कुइलैन कारखाना, रबिन्द्र संग्राहलय, जोगीघाट, विभिन्न भिउ पोइन्टहरु हुँदै नगई नहुने स्थान असंख्य प्रजातिको अर्किड पाइने सिम्बिडीयम अर्किड पार्क थियो भने हालमा ट्रपिकल नर्सरी पनि अर्को मुख्य पर्यटन स्थल बन्दै गइरहेको पाइएको छ | मङपु विभाग अनि लाब्दा विभागको माझमा पर्ने यस नर्सरी मङपु कुवा पानीदेखि तेर्सो प्राय: २ किमी जतिको दुरी पार गरेपछि भेटिने यस नर्सरी बजारे हल्लाहरुदेखि टाडा शान्त अनि प्राकृतिक सौन्दर्यले पूर्ण स्थानमा अवस्थित छ | नर्सरी भित्र अनि यसको परिसरमा ट्रपिकल रिजनमा हुने फल, फूल साथै औषधिमुलक फल फुलहरुले भरिएको छ | हालैमा सिजनको गोदावरी फूल ढकमक फुलेकोले नर्सरीभित्रको वातावरणले जोकसैको मनलाई पनि मोहनी लगाइदिन्छ | यहाँ गोदावरीका हाइब्रिड कासागाण्डा, पमपम, स्पाइडर अनि थुप्रै प्रजाति अनि रंगहरुमा फुलेको फुलले हरेक दिन नयाँ पर्यटकहरुको स्वागत गरिरहेको पाइएको छ | यसको साथै गरम स्थानमा हुने बहुमुल्य प्रजातिको अर्किडहरु जस्तै क्याटलिया, फेलेन्प्सीस, डेन्ड्रबियम अनि भेण्डाले ढकमक फुलेको कारण दिनप्रतिदिन स्थानीय अनि मङपु बाहिरका फुल मनपर्ने पर्यटकहरु आउने गर्छन् | सिन्कोना निर्देशालय अधिनस्थ यस नर्सरीले यस क्षेत्रमा सिन्कोनाको खेति संगै औषधिमुलक पौधा अनि फूल खेतिको लहरमा आफ्नो स्थान अघिल्लो पंक्तिमा राख्न सफल बन्दै गइरहेको छ | यहाँ अन्य खेतिहरुमा गोल्डन पाइन, हाइब्रिड एजेल्लिया, एन्थोरियम, रातो अनि सेतो जामुन, फाल्चा, कफी, पिप्ला, ओलिभ, सर्पगन्ध, किवीहरु पनि बडाउदै लागिएको जानकारी नर्सरी प्रभारी सुदिप थापाबाट प्राप्त भएको छ |   
पुर्व सिन्कोना निर्देशक डा० जीसी सुब्बा द्वारा अर्द्ध निर्मित यस नर्सरीलाई बर्तमान निर्देशक डा० सामुयल राईले निरन्तरता दिएपछि अझ नर्सरी अनि खेतिको बढोत्तरी भएर गएको छ | २०१२ सालको दिसम्बर महिनादेखि शुरु भएको यस नर्सरीले थोरै समयमा धेरै उपलब्धि कमाउन सफल भएको छ भने अब शुरु भइरहेको शीतकालीन पर्यटन सिजन अनि पिकनिकको सिजनमा अझ धेरै पर्यटकहरु आउन सक्ने अनुमान प्रभारी थापाको छ | सुन्दर शान्त अनि प्राकृतिक सौन्दर्यपूर्ण डांडाकाँडाको फेदमा अवस्थित यस नर्सरी परिसरमा नर्सरीको फूलहरुको दर्शन संगै ड्राई पिकनिक खान सकिने प्रसस्त मनोहर स्थानहरु रहेको छ भने आगमी दिनहरुमा पर्यटकहरु अझ बढेर जाने प्रबल सम्भावना रहेकोले सिन्कोना निर्देशालयले नर्सरीको सुरक्षाको निम्ति फेन्सीङ, पर्यटकहरुको निम्ति गेस्ट हाउस, दुई चारवटा थप पोली हाउस अनि वरिपरिका थुम्के डाँडाहरुमा ससाना भिउपोइन्टहरु निर्माण गरिदिएमा पर्यटकको सुविधा संगै नर्सरीले सिन्कोनालाई केही हदसम्म आय: श्रोत दिन सक्ने प्रभारी सुदिप थापाले बताएका छन् | यसरी मङपु क्षेत्रमा पनि सिन्कोनाको खेति संगै केही वर्षहरुदेखि यस्ता बहुमुल्य फुल नर्सरीहरु निर्माण गरिएकोले पर्यटकहरु सोद्दै खोज्दै आउने गरेको पाइएको छ भने सिन्कोना संगै विभागले पर्यटन क्षेत्रलाई पनि प्रमुखता दिएर सुव्यवस्थित गेस्ट हाउसहरु निर्माण गर्दै लागे सिन्कोनामा थप आय: श्रोत बढेर जाने स्पष्ट देखिएको छ भने पर्यटकहरुको सुविधाको निम्ति विभिन्न स्थानहरुमा मङपु सिन्कोना बगानभित्र अवस्थित नर्सरी अनि घुम्न लायकका स्थानहरुको मानचित्र पनि तयार गरेर टाँस्न आवश्यक देखिएको छ || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles