Quantcast
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा बस्तिमा बिनय गुट गोजमुमोको शाखा गठन

गोर्खा जनमुक्ति मोर्चा बिनय गुटले आफ्नो संगठन बनाउने क्रममा आज लाब्दा बस्ति पुग्यो |  बीके राईको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन मूल सचिव गगन राईले बिमल गुरुङ र दुईचार जना स्वार्थी नेताहरुकै कारण गान्धीवादी आन्दोलन भंगालिएर हिंसात्मक हुनथालेपछि बिनय तामांग कोअर्डिनेटर अनि अनित थापा सहसचिवको नेतृत्वमा आम जनतालाई लिएर एकत्रित हुन कर परेको बताए | ती नेतृत्वहरुकै पहलमा दुई पक्षीय वार्ता मार्फत हाम्रो मुद्दा जीवित रहेकोले त्यो एकदिन त्रीपक्षीय वार्तामा परिणत भएर गोर्खाल्याण्डसम्म अवश्य पुग्ने आश्वस्त गराए | सभालाई केन्द्रीय समिति सदस्य मिरेन लामाले पनि सम्बोधन गरे | खरसाङ ब्रान्च कमिटि सांगाठानिक सचिव एडवर्ड लेप्चाको उपस्थितिमा गठन भएको लाब्दा बस्ति शाखामा सर्वसम्मतिद्वारा उर्गेन तामांग सभापति, उपसभापति मोहनलाल शेर्पा, मूलसचिव रोशन छेत्री, सहसचिव शरद राई, लेखापरिक्षक प्रज्ञान राई अनि अमृत राई, खाजान्ची जगत राई अनि दिनेश मुखिया लगायत सलाहकारहरुमा उत्तम मुखिया अनि अजय छेत्रीलाई चयन गरेको छ || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles