Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

इन्टर मङपु ओपन भलीबल टर्नामेन्ट शुरु

$
0
0
Inter Mungpoo Open Volleyball Tournament 2017
इन्टर मङपु ओपन भलीबल टर्नामेन्ट आज अपरान्हदेखि यहाँको मङपु जन मैदानमा शुरु भएको छ | मङपुको जनता एवम मङपु पुलिस आउटपोस्ट आयोजक भनी शुरु भएको टर्नामेन्टको शुरुवाती म्याच आज एउटा साधारण कार्यक्रम संगै शुरु भएको छ | भूतपुर्व शिक्षक डीएस प्रधानको मुख्य आतिथ्य अनि मङपु पुलिस आउट पोस्ट प्रभारी एसआई एम हुसैनको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा क्षेत्रका बरिष्ठ नागरिकहरु पनि अतिथिको रुपमा उपस्थित रहेका थिए | आजको पहिलो म्याच मङपु विभाग अनि विचकमान बी माझ रोचक ढंगमा सम्पन्न भयो | जसमा खेलाडीहरुले आफ्नो उत्कृष्ट प्रस्तुति दिंदै समयावधिभरि एक अर्काको प्रतिष्पर्धा गरेका थिए भने अन्तमा जीत मङपु विभागको टीमले लियो | यसरी नै अर्को म्याच बिच्कमान एको भिडान्त रेशेप बीसित भयो जहाँ दुवै टीमले एक - एक सेट जितेपछि फेरि निर्णायक खेल खेलाउन परेको थियो जसमा उत्कृष्ट प्रदर्शनी दिँदादिँदै पनि बिचकमान एलाई भाग्यले साथ दिएन यसैले जीत रेसेप बी टीमको भयो | आजको सम्पूर्ण म्याचको निर्णायक सतिस तामांगले निर्वाह गरेका थिए जसलाई शिव तामंगले साथ दिएका थिए | बिशेष गरेर यसवर्ष पहाडको बर्तमान स्थितिको कारण हरेक वर्ष सम्पन्न हुने गोल्ड कप नभएकोले त्यसैको तृष्णा मेट्न यसपल्ट मङपुका खेलप्रेमी दर्शकले आजको पहिलो दिनको म्याचदेखि नै अपार भीड दिन थालेको पाइएको छ | भोलि अर्थात आइतबारको म्याचमा रेसेप एले सिम्ले एको सामना गर्नपर्ने छ भने दोश्रो म्याचमा मङपु पुलिसको भिडान्त लाब्दासित हुनेछ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles