Quantcast
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा बस्तिबासीको समर्थन अनित थापालाई

गोर्खा जनमुक्ति मोर्चाको तीन महिने गोर्खाल्याण्ड आन्दोलनको फलस्वरूप आफ्नै पार्टी फुटेर दुई भाग भएपछि यसको अध्यक्ष बिमल गुरुङ जंगलमा छन् भने यसै पार्टीका नेताहरु बिनय तामांग जीटीए बोर्ड अफ एडमिनिस्ट्रेशनका चेयरम्यान र अनित थापा भाइसचेयरम्यान बने | यसैले अहिले घरि मोर्चा समर्थकहरु गवारग्वार्ती बिनय अनितलाई समर्थन जनाउन थालेका छन् | यसैको लहरमा मङपु पनि पछि परेको छैन | यहाँको विभिन्न क्षेत्रबाट अनित थापालाई समर्थन जनाउन थालेपछि लाब्दा बस्तिका जनताले पनि अनित थापालाई समर्थन जनाएको एक विज्ञप्ति मार्फत जनाएको छ | विज्ञप्तिमा भनिएको छ कि विगत दिनमा बाघगौडादेखि गुरुङ गाउँ लाब्दा बस्तिसम्मको सडक निर्माणमा त्यस समयका सभासद अनित थापाको ठुलो हात छ | जुन सडकको कारण कालेबुङदेखि खरसाङसम्म जानलाई लाब्दा बस्ति भएर जाँदा प्राय: ३५ किमी दुरी कम हुनेछ नत्र सिलिगुडी भएर या त जोरबङलो भएर जान पर्छ | यो सडक निर्माणकार्य पुरा भएपछि सम्पूर्ण पहाडलाई नै सुविधा हुनेछ | विगत वर्ष २०११ मा भुमि पुजा गरी थाँतीमा रहेको बाटो जुन बाघगौंडादेखि लाब्दा बस्तिसम्म आउन पर्ने थियो तर कतिपय कारणवश त्यो कार्य थाँतीमा नै रहेको थियो भने पछिबाट अनित थापाले नै २०१७ को शुरुमा पुन: निर्माण कार्य चलाएका थिए भने फेरि यो राजनैतिक उतार चडाउको कारण बन्द भयो | तर आजफेरि आनित थापा भाइस चेयरम्यान भएपछि सुचारु भएकोमा लाब्दा बस्तिको जनता धेरै खुशी भएको छ साथै यहाँको जनता ऋणी भएकोले अनित थापालाई हाम्रो पूर्ण समर्थन रहेको छ भन्दै विज्ञप्तिमा गाउँलेहरुले हस्ताक्षर गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles