दार्जीलिंग पहाडभरि छुट्टै राज्य गोर्खाल्याण्डको मागमा चलेको तीन महिनाव्यापी आन्दोलन र अनिश्चितकालिन बन्दपछि दशैं र तिहार अघि सिन्कोना कर्मचारी अनि मजदुरहरुले तीन महिनाको वेतन नपाएको गुनासोसंगै गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको मजदुर युनियनले आवाज उठाएको छ | युनियनले विज्ञप्ति जारी गर्दै भनेका छन्, गोर्खाल्याण्ड आन्दोलन अवधि १०५ दिने बन्दको चपेटमा परेको सिन्कोना उद्योगमा श्रमिकहरुको तीन महिनाको वेतन पाउने कुरा अझ स्पष्ट छैन | आन्दोलनलाई सहयोग पुराउन कमान बन्द राखेर आन्दोलनमा होमिएका सिन्कोना श्रमिकहरु अहिले आर्थिक अवस्था खस्किएपछि बन्द अवधिको वेतन पर्खेर बसेका छन् | हिज आन्दोलनमा गन्ती घरबाट सिधै श्रमिकहरुलाई जुलुस र पथसभामा सामेल गराउने राजनेता र पार्टी प्रतिनिधिहरु आज श्रमिकको वेतन विषयमा मौन रहेको छ भने श्रमिकहरु वेतन पाउने आशामा बसेका छन् | आन्दोलनकालमा सम्पूर्ण कमान बन्द राख्दा कमान गए श्रमिकहरुलाई माटो बिरोधीको संज्ञा दिएर कमान जानदेखि रोक लगाएर पूर्णरुपले बन्द राख्दा आज दिपावली जस्तो महान पर्वको छेकमा वेतन नपाउंदा न त शासक दल बोलेका छन् न नै हिज आन्दोलनमा सामेल गराउने राजनेता र पार्टी प्रतिनिधिहरु | जुलुस र पथ सभामा गए मात्र वेतन पाउँछ भन्ने नेताहरु कहाँ छन् ? १०५ दिनको आन्दोलन सठीक नभएर जीटीए सभासदहरुले पश्चिम बङ्गाल सरकारलाई आफ्नो चौकी मर्मति गर्न दिएको साबित भयो | यो आन्दोलनले सिन्कोना श्रमिकवर्गलाई माग्ने बनायो | सिन्कोना व्यवस्थापक जे सादासित तीन महिनाको वेतन सम्बन्धि जानकारी लिंदा वेतनको कुनै निश्चितता स्पष्ट नभएको जानकारी गराएको छ | यदि सिन्कोना जीटीएभित्र अन्तर्भुक्त छ भने बर्तमान जीटीए चीफले बाटो नाप्नु पर्ने हो कि ? १०५ दिनमा होमिएका सिन्कोना श्रमिक, कर्मचारीहरुको वेतनको पहल गर्नु पर्ने ? जीटीएको नयाँ संस्करणमा जीटीएको खेस्रा कस्तो छ र सिन्कोनालाई कति महत्व दिएको छ अनि भविष्य कति रहन्छ मङपु एचपीडब्ल्युयुले प्रश्न गरेका छन् | तिनीहरुको भनाई अनुसार जीटीए भित्र नै खटपट भएको कारण आन्दोलनको सृजना भएको हो र गोर्खाल्याण्ड आन्दोलनको कुनै रोडम्याप र कार्यक्रम नभई आन्दोलन गर्दा सिन्कोना उद्योग र सिन्कोना मजदुर कर्मचारीहरु मर्कामा परेका छन् यसैले यसको क्षतिपूर्ति पनि जीटीएले गरेको हुनपर्छ भनी एचपीडब्ल्युयुले माग गरेको छ | आन्दोलनको कारण आर्थिक कमजोरीमा परेका सिन्कोना श्रमिकहरुले वितेको महिना सेप्टेम्बर १ महिनाको वेतन र बोनस थापे पनि सिन्कोना बगानमा १० दिने र २० दिने श्रमिकहरुले वेतन पाउन सकेन, यस्तो अवस्था हेर्दा यी श्रमिकहरु कसको हो भनी युनियनले जीटीए प्रति प्रश्न गरेका छन् भने यदि जीटीएले यी श्रमिकवर्गलाई वेतन र बोनस नदिए मङपुका गोजमुमो पार्टी र युनियनले आफ्नो गोजीबाट यी श्रमिकहरुलाई चलाएको स्पष्ट बुझिने कुरो पनि युनियनको पक्षमा सभापति गणेश ठकुरीले एक विज्ञप्ति मार्फत जनाएका छन् ||
↧