Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा मोर्चा कार्यलय बिनय अनित गुटको दखलमा

$
0
0
Binay Tamang Anit Thapa supporter in Mungpoo
खरसाङ जनमुक्ति मोर्चा सांगठानिक सचिव एडवर्ड लेप्चाको अगुवाईमा आज बिहान प्राय: ९:३० बजे ठूलो युवाहरुको समुह लिएर मङपु जनमुक्ति मोर्चा कार्यलय जो धेरै दिनदेखि बन्द थियो त्यसलाई खोलिएको छ | कार्यलयभित्र प्रवेश गरेपछि लेप्चाले समुहलाई सम्बोधन गर्दै भने बोर्ड भाइस चेयरम्यान अनित थापाले यसपल्ट मङपुको जनताको निम्ति मङपुकै नेतृत्व दिनु भएको छ यसको निम्ति सम्पूर्ण मङपुबासी अनित थापा प्रति कृतज्ञता ज्ञापन गर्दछ | अब उसो मङपुको कुनैपनि सांगठानिक ढाँचा तयार गर्न, बिकाशको पहल गर्न हामीलाई नेतृत्वको पैँचो माग्न नपर्ने कुरा जनसमुहलाई राख्दै मङपुको गौरवलाई फर्काइ ल्याउन बुद्धिजीवि, शिक्षक, कर्मचारी, मजदुर र युवावर्ग बन्दुक र बारुदको संस्कारलाई त्यागी बौद्धिक संस्कारको राजनीति लिएर अघि बढ्ने आह्वान गरे भने सम्बोधनमा मिरेन लामाले उपस्थित जनसमुहलाई आज यो जनमुक्ति मोर्चा कार्यलय खोलिने काम भएको छ, अब उसो पार्टीको सांगठानिक ढाँचा तयार गर्न, कतिपयकाम गर्न कसैको बरण्डामा बस्न नपर्ने र जीटीए २ होइन तर बोर्डलाई संचालन गर्न बिनय तामांग र अनित थापालाई सहयोग गर्नपर्ने परिस्थिति हामीमाझ विधमान छ भने | यसरी नै सम्बोधनमा गगन राईले सिन्कोना बगानको विविध समस्याहरुलाई उजागर गरेका थिए भनि एक विज्ञप्ति मार्फत जनाएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles