दार्जीलिंगको विभिन्न स्थानमा आज गोर्खाल्याण्डको माग लिएर निस्किएको रयाली र पुलिस प्रशासन माझ भएको झडपमा पुलिस द्वारा चलाइएको गोलीले तीन जना मोर्चा समर्थकहरु मारिएको खबर फैलनसाथ मङपु क्षेत्रमा व्यापक पोस्टरिङ भयो | पोस्टरमा “ गोर्खालाई माया देउ केन्द्र सरकार, हामी सिमानामा खुन दिन्छौं होइन भने सिमाना छोडेर फर्केका हुन्छौं, शहीदहरुलाई गोर्खे सलाम, गोर्खाल्याण्ड तिम्रो कारणले पाउँछौँ, सम्पूर्ण गोर्खाहरु एक भएर लडौं मरौं या बाँचौं तर चिन्हारीको लडाई नहारौं, हामी शान्तिको पुजारी, हाम्रो आन्दोलन अहिंसाको आन्दोलन, प्रशासन तिमीले गरेको खुनले हामीलाई बिचलित पार्दैन, शहीद तिम्रो खुनले गोर्खाल्याण्ड लेखेको छ, तिम्रो सपना हाम्रो कर्तब्य हो आदि लहरहरु संगै केन्द्र सरकारलाई गोर्खाल्याण्डको माग राखेको साथै सम्पूर्ण गोर्खाहरुलाई यो चिन्हारीको अन्तिम लडाई सफल पार्ने आह्वान गरिएको छ | गोर्खाल्याण्डको मागमा गणतान्त्रिक ढंगले कसैलाई कुटपीट नगरी रयाली गर्दा पनि पुलिस प्रशासन द्वारा गोर्खाल्याण्ड समर्थकहरुमा गोलि चलाएर मारिने घटनाले सम्पूर्ण गोर्खाहरु फेरि एकजुट हुनसक्ने छाँट चारैतिर देखा परेको छ भने भोलिदेखिको रयाली तथा कार्यक्रमहरुमा मङपु क्षेत्रबाट टीएमसीका समर्थकहरु पनि आफ्नो झण्डा त्यागेर गोर्खाल्याण्डको मागमा सरिक हुने सम्भावना देखिएको छ ||
↧