Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

अन्तिम लडाई लड्न मङपुमा गुञ्जियो गोर्खाल्याण्डको नारा

$
0
0
Morcha rally on Gorkhaland in Mungpoo
सारा गोर्खा आफ्नो जातीय सुरक्षाको माग गर्दै यसपल्ट रंग भेद नछुटाई, ज्यानको पर्वाह नगरी छुट्टै राज्य गोर्खाल्याण्डको माग लिएर सडक उत्रन थालेपछि मङपुबासीले पनि आफ्नो मौनता तोडेको छ | आज गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा यहाँको कटुवाल गोलाईदेखि नालीडाँडासम्म सयौं जनताले वी वान्ट गोर्खाल्याण्डको नारा लगाउंदै रयाली गरे | पानी झरीको पर्वाह नगरि मङपुका विभिन्न विभागहरुबाट गोर्खाल्याण्ड समर्थकहरु रयालीमा सम्भागी बन्न जुटेका थिए | बर्तमान पहाडमा भइ रहेको पुलिस प्रशासनको अत्यचार र बङ्गाल सरकारको षड्यन्त्रपूर्ण नीतिको विरोध बोल्दै गोर्खाल्याण्डको नाराले मङपु गुन्जियो | रयालीले अन्तमा यहाँको नालीडांडामा आएर पथ सभाको रुप लियो जुन सभालाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामाले भने हामी कसैको विरोध गर्न आएका होइनौ, हामी हाम्रो छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई गणतान्त्रिक पध्व्तीमा उठाइरहेका छौँ | हामीसंग दुइवटा विकल्प छ कि हार्नु पर्छ कि जित्नु पर्छ | यदि सबैजना घरमै बस्ने हो भने हामीले घुँडा टेकेर भन्नु पर्छ हामी हार्यौं, तिमी जे भन्छौं हामी त्यही मान्छौं भन्नुपर्छ कि चैं हामीले सडकमा ओर्लेर लडाई लड्नुपर्छ, हामी अझै हारेका छैनौ भन्नु पर्छ | तर आज गोर्खाल्याण्डको मागमा रयाली गर्न उत्रेका अनुहारहरुले यही प्रमाणित गर्छ कि हामी हारेका छैनौ, हामी हार्दैनौ अनि यही सन्देश जान्छ बङ्गाल सरकारलाई | हामीलाई कति अत्यचार गर्छौं अझै गर, कतिलाई मार्छौं, कतिलाई पक्रिन्छौ, कतिलाई जेल लान्छौं लैजाउ | तर हामी अझैं तातिएको हुन्छौं, गोर्खाहरु अझै निस्किएको हुन्छ बाहिर सडकमा | हामी हार्दैनौ, बरु मौरीको राणा मरेको जस्तो एक एक गर्दै मर्छौं तर झुक्दैनौ, किन भने यो हाम्रो अन्तिम लडाई हो | उनले अझ भने हामीले कसैको जमीन मागेका छैनौ, हामीले हाम्रै पुर्खाको जमीन मागेका छौँ | हामीले न्याय मागेको हो | बङ्गाल सरकारको जमीन मागेको होइनौ | १९८८ सालमा ज्योति बाबुको सरकारले निकालेको स्वेत पत्र छ हामीसित | सिक्किम सरकारबाट लिएको जमीन, नेपाल र भुटान सरकारबाट लिएको जमीनको दस्तावेज हामीसित छ | हामीले तिम्रो जमीन मागेका होइनौ | जसरी बिहारीहरुलाई बिहार दिएको छ, पन्जाबीहरुलाई पंजाब, नागाहरुलाई नागाल्याण्ड, उडियाहरुलाई उडिसा, असामीहरुलाई आसम दिएको छ त्यसरी नै गोर्खाहरुलाई गोर्खाल्याण्ड देउ भनेको मात्र हौँ, अरु केही पनि मागेका छैनौ | भारतको संविधान भन्दा कोही पनि माथि छैन यसैले संविधानको धारा तीन पल्टाएर हेर जहाँ भाषाको आधारमा, भाषिक क्षेत्रको आधारमा छुट्टै राज्य दिनुपर्छ भन्ने कुरो स्पष्ट लेखिएको छ | संविधानको कुरा गरेको हामीले, संवैधानिक माग गरेको हामीले तर आज हामीले आफ्नो अधिकार माग्न पाउदैनौ भने, बोल्न पाउदैनौं भने हामी सबै मरेको हुनपर्छ, मर्न सक्नुपर्छ हामी | बङ्गाल सरकारले जति हामीलाई अत्यचार गरेको छ त्यति हामी हाम्रो लक्ष्यको झन नजिक बन्दै जाँदैछौं | कति मार्नु सक्छ हामी मर्नु सक्नुपर्छ, ८६ को आन्दोलनमा मरेको बाह्र सय भन्दा बेसी मर्नुपर्छ तर गोर्खाल्याण्डको मागदेखि एक पाइला पनि पछि सर्नु हुँदैन भन्दै सम्पूर्ण जनतालाई आफ्नो पार्टीको झण्डा बिर्सेर गोर्खा जातीय उन्मुक्तिको निम्ति अन्तिम लडाई लड्न सबै एक भइ सडकमा ओर्लिने आह्वान गरे | सभालाई गोजमुमो मङपु लाब्दा समष्टि नारी मोर्चा प्रतिनिधि सुर्यमणि राईले पनि सम्बोधन गरेका थिए भने अब मङपुमा हरेक दिननै गोर्खाल्याण्डको मागमा रयालीहरु हुने जानकारी दिंदै दलीय विभिन्नतालाई भुलेर केवल गोर्खा जातिको एकमात्र चीरस्थायी समाधान छुट्टै राज्य गोर्खाल्याण्डको लडाई लड्न हरेक दिन र्यालीमा सहभागी भइदिने अपिल पनि लामाले गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles