Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

पहाड अशान्त बनेपछि मङपु बजार पनि अचानक बन्द

$
0
0
Shop start closing during Gorkhaland bandh
गोर्खाल्याण्डको मागमा आन्दोलित दार्जीलिंग पहाडमा गोर्खा जनमुक्ति मोर्चा द्वारा डाकिएको कार्यलय बन्द साथै विरोध रयालीहरु भइरहेको समय आज अचानक पश्चिम बंगाल पुलिसले अर्द्धसैनिकबलसित दार्जीलिंगको पात्लेबाँसमा अवस्थित मोर्चाको कार्यलय साथै मोर्चा अध्यक्ष बिमल गुरुङको घरमा छापा मारेर काँटा, फरुवा, काँड, सिक्क्ल, पटेका आदि स्थानीय हतियारहरु जफ्त गरेपछि पहाड अचानक अशान्त भएको छ | पुलिस प्रशासनद्वारा यसरी छापा मारेको विरोध गर्दै मोर्चा केन्द्रीय समितिले लगत्तै अनिश्चितकालिन पहाड बन्द डाक्यो | बन्दको हल्ला फैलनसाथ पहाडको अन्य शहरहरुमा झैं मङपुमा पनि यहाँका स्थानीय दोकानदारहरुले एकाएक दोकानहरु बन्द गरेको थियो | यसको साथै अनिश्चितकालिन बन्दको हल्लाले स्थानीय मानिसहरु घरमा खाने दाल, चामल आदि किन्नमा आतुर रहेको पनि देखिएको छ | पश्चिम बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जी विरुद्ध भाषा अतिक्रमण गरेको आरोपमा निस्केको रयालीहरुलाई पुलिस प्रशासन द्वारा निर्ममतापुर्वक लाठीचार्ज गरेपछि आन्दोलनले गोर्खाल्याण्डको दिशामा मोड लिएको छ भने त्यहाँदेखि यताका विरोध रयालीहरुमा पनि पहाडका जनताले प्रशासनको लाठीचार्ज सहनुपरेको छ | यसरी गोर्खाहरुलाई पश्चिम बङ्गाल सरकारले कहिले पनि राम्रो नजरले नहेरेको अनुभव गर्दै केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्र हाम्रो सुरक्षा गर्न सक्छ भन्ने उदेश्यले हरेक दिननै पहाडमा नारी, पुरुष, वृद्ध सबैले प्रशासनको लाठीचार्ज सहेर बङ्गाल सरकार अनि प्रशासन विरुद्ध विरोधको आगो दन्किरहेको समय यता मङपु क्षेत्रमा भने मोर्चाका नेतृत्वहरुले लाठीचार्ज गर्ने प्रशासनकोको विरोध गर्दै राँके जुलुस, रयाली गर्नु त परैजावोस आजसम्म बन्द डाकेको समय सडकमा ओर्लेर बन्दको अपिल गरेको समेत पाइएको छैन | हिजाज जनता आफै बुझेर बन्दको समर्थन गरिरहेको पाइएको छ भने बर्तमान पहाडको बिक्रँदो स्थितिलाई बुझेर यहाँका स्थानीय जनताले भोटको समय जातीय उन्मुक्तिको कुरा गर्दै माइकमा भाषण छाँट्ने हाम्रो नेताहरु कता हरायो? लुकेर भागेर कुनै आन्दोलन नहुने बताउंदै अरु बेला ठुलो ठुलो कुरा गरेर आज गोर्खाहरुमाथि यसरी संकट आएको बेला पनि ननिस्कने नेताहरुले कसरी जातिको उद्धार गर्छ भनी प्रश्न गर्न थालेका छन् | उता मोर्चा अध्यक्ष बिमल गुरुङले आफ्नो घर अनि कार्यलयमा छापामारी भएपछि यो ममता सरकारको गोर्खाहरु प्रतिको कालोकर्तुत हो, राज्य सरकारले देशको गणतन्त्रको हनन गरेको बताउँदै यसको जवाब सम्पूर्ण गोर्खाहरुको विधार्थीदेखि लिएर संघ संस्था, पहाडका सम्पूर्ण पार्टीहरु अनि बुद्दिजीवीहरुले दिनुपर्छ भनी बताएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles