Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सरस्वती उच्चतर माध्यामिक विधालयको शत प्रतिशत विधार्थीहरु उतीर्ण, ज्ञानपीठको दिक्षा राई मङपु टपर

$
0
0
HS mungpoo topper diksha rai from Rungbee Jnanpith High School
यस बर्षको उच्च माध्यमिक परिक्षामा  मङपु रङबी ज्ञानपीठ विधालय ( Rungbee Jnanpith High School) का दीक्षा राई (Dikcha Rai) मङपु टप्पर  बनेकी  छिन् | राज्यभरि घोषित भएको उच्चत्तर माध्यमिक तहको परिणाम अन्तर्गत रङबी ज्ञानपीठ माध्यमिक विधालयले पहिलो बर्ष भन्दा यसबर्ष उत्कृष्ट परिणाम हासिल गरेको  | मोठ ३६ जना परीक्षार्थी  मध्ये पाच जना प्रथम दर्जामा अनि २७ जनाले दोश्रो दर्जामा उतीर्ण गरेका  छन | प्रथम दर्जामा  सर्वोत्कृष्ट अंक लिएर  उतीर्ण हुने मेधावी विधार्थी दीक्षा राईले  ७५ प्रतिसत अनि अन्य बिषयहरु जस्तै नेपालीमा ७३,अंग्रेजीमा ८०,राजनैतिक विज्ञानमा  ८२,अर्थशास्त्रमा ७० अंक लिएर मङपु टप्पर बनेकी छिन् | यसै विधालयबाट अन्य विधार्थीहरु वांगेल प्रधान,सेवीका लेप्चा,करिश्मा राई अनि सुष्मिता राई अब्बल अंक लिएर प्रथम दर्जामा उतीर्ण बनेका छन | ती मेधावी बिधार्थीहरुलाई बिहीबारको दिन विधालय प्रागनमा ज्ञानपीठ विधालयका प्रधानअध्यापक बी.के गुरुङ लगायत विधालयका सम्पुर्ण शिक्षक शिक्षिकागण,अनि असिक्षण कर्मचारी आदिले खदामाला अनि ट्रफी अर्पण गर्दै बधाई दिएर सम्बर्धना जनाए | शिक्षक अजय सयांङबो अनि शिक्षिका अम्बीका गहतराजले  संचालन गरेको कार्यक्रममा विधालयका नानीहरुलाई आउने दिनहरुमा पनि उत्तोउत्तर प्रगतिको कामनागरेका थिए |

यसरी नै मङपूको सबैभन्दा पुरानो अनि पहिलो उच्चतर माध्यमिक शैक्षिक संस्थान सरस्वती उच्चतर माध्यामिक विधालय (Saraswati Higher Secondary School) का विधार्थीहरुले यस वर्ष पनि पश्चिम बङ्गाल माध्यमिक अनि उच्चतर माध्यमिक परिक्षामा राम्रो अंक लिएर शत प्रतिशत उतीर्ण गरेका छन् | विधालय प्रधान अध्यापिका देविका तामांगले जानकारी दिए अनुसार यस वर्ष विधालयबाट माध्यमिक परिक्षा दिने जामा १०८ जना परीक्षार्थीहरु थिए जसमा ९ जना परीक्षार्थीहरुले पहिलो स्थानमा उतीर्ण गरे भने बाँकी विधार्थीहरुले दोश्रो स्थानमा पास गरेका थिए | यसरी नै यस वर्षको उच्चतर माध्यमिक परिक्षामा जम्मा १२९ जना विधार्थीहरुले परिक्षा दिएका थिए भने २८ जना विधार्थीहरुले पहिलो स्थानमा उतीर्ण गरे जसमा दुई जना विधार्थीहरुले डिस्टिन्कशन अंक ल्याएर विधालयको नाम रोशन गरेको छ | उतीर्ण सम्पूर्ण विधार्थीहरुलाई प्रधान अध्यापिका तामांगले शुभकामना दिएका छन् ||


Viewing all articles
Browse latest Browse all 3853

Trending Articles