Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

शान्ता छेत्रीलाई राज्य सभा मनोनित गरेकोमा टीएमसी महिला एकाईको बधाई

$
0
0
CM mamata banerjee nominates Shanta Chhetri as Rajya Sabha MP candidate
हिल टीएमसी पार्टी खरसाङ समष्टिका वार्किंग प्रेसिडेन्ट शान्ता छेत्रीलाई पश्चिम बङ्गाल सरकार मुख्यमन्त्री तथा टीएमसी पार्टी सुप्रिमो ममता ब्यनार्जीले राज्य सभा सांसद मनोनित गरेपछि दार्जीलिंग जिल्ला र कालेबुंग जिल्लाका हिल तृणमूल खेमामा खुशीको लहर साथै पार्टीगत क्रियाकलापको उर्जा बढेको छ | राज्य सभा सांसद मनोनित भएपछि शान्ता छेत्रीलाई शुभकामना दिने क्रम जारी रहँदै हिल टीएमसी महिला जिल्ला कमिटि महासचिव रेजिना गुरुङको सक्रियतामा हिल टीएमसी महिला कंग्रेस रङली रङलियट खण्ड कमिटि अनि हिल टीएमसी मङपु जोनको महिला कार्यकर्ताहरुले राज्य सभा सांसद शान्ता छेत्रीलाई शुभकामना दिएका छन् | टीएमसी सुप्रिमो ममता ब्यनार्जीले शान्ता छेत्रीलाई राज्यसभा सांसद मनोनित गरेपछि टीएमसी खेमामा उर्जा थपिएपनि प्रतिपक्षका मोर्चा पन्थीले भने ममताको यस निर्णयलाई गोर्खाल्याण्ड मुद्दा रोक्न राज्य सभामा शान्ता छेत्रीलाई मनोनित गरेको प्रतिक्रिया मोर्चा महासचिव रोशन गिरीले दिइसकेका छन् भने पहाडको विधालयहरुमा बंगला भाषा थोपेपछि मोर्चा प्रमुख बिमल गुरुङले गोर्खाल्याण्ड आन्दोलन गर्ने संकेत दिंदै मनोनित सांसद शान्ता छेत्रीलाई समर्थन नगर्ने बयान जारी गरेका छन् | बिमल गुरुङको यस प्रकारको बयानलाई हिल तृणमुल कंग्रेस महिला एकाईले एउटा गोर्खे नेता भएर गोर्खा चेली नै राज्य सभा सांसद मनोनित भएकोमा समर्थन गर्नको साटो गोर्खाको अपमान गरेको बताएका छन् | यस बाहेक महिला समुहले अझ थपे कि गोर्खाल्याण्डको नाम गरेर अगोर्खाहरु जसवन्तसिंह, एसएस अह्लुवालियालाई सांसद बनाउने बिमलले गोर्खाको सपना गोर्खाको संघर्ष र गोर्खाको सम्मान कति गर्न सकेको छ ? बिमल गुरुङले म गोर्खाको बाउ हुँ भन्छ तर गोर्खाको उन्मुक्ति गर्न अगोर्खालाई सांसद बनाएको सत्य कुरा कसैले भुलेको छैनन् | तर एउटा गोर्खा चेली सांसद हुँदा बिरोध गर्नु गोर्खाहरुको अभिभावक ठान्ने बिमल गुरुङलाई बिश्वास गर्न नसकिने बताएका छन् |
बंगला भाषा अतिक्रमण प्रकरणमा मोर्चा प्रमुखले पहाडमा टीएमसीको मान्छेहरुलाई गन्ध पनि पर्न नदिने बयानको कडा बिरोध गर्दै बिमल गुरुङ आफैले गोर्खाल्याण्डको नाममा गोर्खा जातिको चैन बन्धकीमा राखेको बताएका छन् | शान्ता छेत्री राज्य सभा सांसद भएपछि दार्जीलिंग जिल्ला र कालेबुंग जिल्ला भित्र रहेका हिल टीएमसी महिला कंग्रेस समुहले शुभकामना दिंदै भावी दिनमा सांसद छेत्रीले समग्र पहाडको बिकास साथै आम नागरिकको हक हितमा असल कार्यहरु गरेर मोर्चाको नकरात्मक प्रतिक्रियालाई जवाब दिने दाबी महिला समुहले गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles