Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

छुट्टै ब्लकको माग गर्दै मङपुमा ब्लक डिमाण्ड कमिटि गठन

$
0
0
Block development office demand committe formed
धेरै दिनहरुदेखि मङपुको आम नागरिकले खण्ड बिकास कार्यलय सम्बन्धि कामहरुको निम्ति भोग्नु परिरहेको समस्याहरुको गुनासो दिन प्रतिदिन बड्दै गइरहेछ | मङपुदेखि प्राय: चालिस पैंतालिस किलोमिटर टाडो खण्ड बिकास कार्यलय पुगेर पनि एकैदिनमा काम नभएर रित्तो हात फर्किनु पर्ने बाध्यता एकातिर छदैछ भने सताइस माइलको जोखिमपूर्ण बाटो एउटा गाडे घाउ सरह बनेपछि यातायातको असुविधाले पनि त्यतिकै सताउने गर्छ | मङपुको निम्ति एउटा अलग्गै खण्ड बिकास कार्यलय नहुनुको पिडालाई बोकेर तक्दाह पुग्नपर्ने बाध्यता मात्र नभएर खण्ड बिकास कार्यलयको माध्यमद्वारा आउने सरकारी रोजगारमुखी तालिमहरुदेखि बन्चित हुनपरेको तितो सत्यको आवाजहरु शिक्षित बेरोजगारहरुको मुखबाट सुन्दै आइरहेको छ | यी सबै समस्याहरु, गुनासोहरुको भारी बोकेर सरकार समक्ष पुराउने एउटा सशक्त समुहको आवश्यकता भइरहेको बेला यसको सम्पूर्ण समस्याहरुको समाधानको निम्ति मङपुमा एउटा अलग्गै खण्ड विकास कार्यलय हुनुपर्छ भन्ने विषयलाई लिएर एक महत्वपूर्ण सभा बीएस राईको सभापतित्वमा सम्पन्न भयो | नील कुमार गुरुङको निवासमा सम्पन्न उक्त सभामा मङपुको तिनैवटा ग्राम पंचायतबाट विभिन्न तप्काका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो | सभामा तिनैवटा गाम पंचायत क्षेत्रबाट आएका जनप्रतिनिधिहरु माझ लामो चर्चा भएपछि आवश्यकताले जन्माएको जनसरोकारको मुद्दा छुट्टै ब्लकको मागलाई यसै सभाले प्रस्तावमा ल्याएर एउटा ब्लक डिमाण्ड कमिटि गठन गरिनपर्छ भन्ने सबैको मन्तब्यलाई ध्यानमा राख्दै आजको सभाले ब्लक डिमाण्ड कमिटिको प्रस्तावलाई पारित गर्दै यस प्रकारले गठन गरियो जसमा सभापति पवन बल, उपसभापति किरण ब्लोन अनि संजय थापा, मुल सचिव पुष्कर सन्यासी, सहसचिव निला राई अनि अर्पणदिप मंगर, संयुक्त सचिव रेखामणि गुरुङ, कोषाध्यक्ष नील कुमार गुरुङ, प्रचार प्रसार सेल रबिन योन्जन अनि आशिषदीप राई, प्रमुख सलाहकार रेजिना गुरुङ अनि बुद्ध लामा, लेखापरिक्षक पासाङ भोटिया अनि अमिर गुरुङ गरेर जम्मा एकाइस जनालाई लिएर गठन गरिएको यस ब्लक डिमाण्ड कमिटीले गर्नुपर्ने कार्यहरु अनि ब्लक निर्माणको माग गर्दा चाहिने मापदण्डहरु बारे पवन बलले सभामा जानकारी गराउंदै मङपुमा भएका सबै सामाजिक संघ संस्था, एनजीओ, विभिन्न स्कुलका शिक्षक शिक्षिकागण अनि समाजसेवी व्यक्तिहरुको सुझाव परामर्शलाई लिएर ब्लक डिमाण्ड कमिटिको रुपरेखा तयार पारेर सम्बन्धित निकायहरुमा ज्ञापन चडाउने कुरा सभामा राखे | बर्तमान पश्चिम बङ्गाल सरकार पोजिटिभ भएको बेला, यो मङपुबासीको गहन समस्यालाई पार लाउन सकिने एउटा सुनौलो मौका पनि रहेको बताए भनि ब्लक डिमाण्ड कमिटिका प्रचार प्रसारक रबीन योन्जन अनि आशिषदीप राईले एक विज्ञाप्ति मार्फत जनाएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles