सिन्कोना बगानमा आज पर्यान्त कार्यरत सिजनल लेबर अर्थात अस्थायी मजदुरहरु आफ्नो स्थायीकरणको निम्ति आन्दोलित हुँदै विभिन्न विभागहरुका प्रतिनिधिहरुलाई लिएर एउटा अराजनैतिक महासंगठन तयार गरेपछि कतिपय विभागहरुमा फेरि यसको शाखा गठन गर्ने कार्य युद्धस्तरमा चलिनै रहेको छ | सिन्कोना बगानको कन्भेन्शनल रुल अनुसार बगानमा कार्यरत सहायकहरुको पदोन्नति नभई अस्थायी मजदुरहरुको स्थायीकरण नहुने सत्य सामु भएकोले सिजनल लेबरको संगठनले पनि सहायक संगठनको मागलाई पूर्णरुपले सहयोग गर्ने निर्णय लिएको छ | यसै सिलसिलामा आज मङपु सिन्कोनाको रन्जु भेल्ली विभागमा पनि अस्थायी मजदुरको शाखा गठन गरियो | बीबी छेत्रीको सभापतित्व साथै सोनी राई द्वारा संचालित सभामा नयाँ शाखा गठन गरियो जसमा सर्वसम्मतिको साथ प्रतिनिधिहरु यस प्रकारले चयन गरियो जसमा सभापति प्रमोद गुरुङ, सचिव सुधा मंगर, उपसभापति सुरेखा तामांग, कोषाध्यक्ष्य रबिना छेत्री लगायत प्रमुख सल्लाहकार योजना छेत्री, प्रेमीला शेर्पा लगायत अन्यलाई कार्यकारिणी सदस्यको रुपमा चयन गरिएको छ ||
↧