Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा गुम्बामा तीन दिवसीय धार्मिक कार्यक्रम संगै बुद्ध जयन्ती हुने

$
0
0
2561 Buddha Jayanti in Labdah Gumba
दोङाग् छ्योलिंग सार्वजनिक बौद्ध गुम्बा लाब्दा विभागको आयोजनामा यस वर्ष पनि अहिंसाको पुजारी भगवान बुद्धको २५६१ औं जयन्ति धुमधामको साथ सम्पन्न हुने भएको छ | बुद्ध जयन्तिको अवसरमा छ्योतेन गुम्बा देवराली सिक्किमका पावन टुल्कु तेन्जी लुंगतोक फेल्गीबाट रिग्जिन छेवाङको महत्वपूर्ण अभिषेक पनि हुन गइरहेको छ | हरेक वर्ष भब्य रुपमा बुद्ध जयन्ती पालन गर्ने यस गुम्बामा आगमी ८ मईदेखि १० मईसम्म धार्मिक कार्यक्रम हुनेछ भने ८ मईको दिन दोमाङ पाठ, ९ मईको दिन होम यज्ञ अनि १० मईको दिन पुस्तक परिभ्रमण तथा बुद्ध जयन्ती समारोह एवम अभिषेक वितरण कार्यक्रम हुनेछ | हरेक दिन बिहानको ८ बजेदेखि कार्यक्रम शुरु हुने भएकोले यस तीन दिवसीय धार्मिक अनुष्ठानमा सम्पूर्ण भक्तजन तथा सम्पूर्ण धर्मावलम्बीलाई पुण्यार्जन गर्न आयोजक समितिले हार्दिक निमन्त्रण टक्राएको छ |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles