गत ४ मई दार्जीलिंगको मोटर स्ट्याण्डमा भएको टीएमसीको जनसभामा टीएमसीका मन्त्री इन्द्र्नील सेनले आगमी नगरपालिका चुनाव सकेपछि अध्यक्ष बिमल गुरुङ, रोशन गिरी, सचिव तथा उम्मेद्वारहरुलाई बक्सामा हालेर खेदौरो लगाउने भनी दिएको सम्भाषणको मङपु लाब्दा समष्टि गोजमुमो पार्टी, युवा मोर्चा तथा अन्य भातृ संगठनहरुले सामुहिक रुपमा घोर विरोध भर्त्सना जनाएको छ | मन्त्री सेनले चलते चलते मेरे ये गीत याद रखना भनी गीत गाउँदै बक्साहरु पनि तयार रहेको व्यंग्यात्मक भाषणले यहाँको बुद्धिजीवी, सामाजिक संघ संस्थाहरु साथै सम्पूर्ण प्रस्तावित छुट्टै राज्य गोर्खाल्याण्ड क्षेत्रका बीर गोर्खाहरुका हृदयमा चोट लाग्छ र यसको घोर विरोध गर्नुपर्छ | हामी लाब्दा समष्टि गोजमुमो घोर प्रतिवाद जनाउछौँ भनी समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा, युवा मोर्चा सचिव विज्ञेन मिश्र तथा पार्टीका अन्य प्रतिनिधिहरुले सामुहिक विज्ञप्ति पेश गरेको छ | यसप्रकारको हेयपूर्ण भाषणले भविष्यमा कुनै अशान्ति सृजना भए यसको जिम्मेवार मन्त्री इन्द्रनील सेन तथा पहाडका हिल टीएमसीका नेताहरु पनि हुनपर्नेछ साथै विगत खरसाङको जनसभाबाट टीएमसी नेता एवम मन्त्री अरुप बिश्वासले अध्यक्ष बिमल गुरुङलाई पहाडबाट खेदौरो लगाउने बक्तब्य दिएका थिए | यस्ता तिरष्कारपूर्ण भाषणहरु हाम्रै घर आँगनमा आएर दिंदा पनि चुप बस्नु बीर गोर्खा जातिमा कलंक लाग्नु जत्तिकै हो | आफ्नै स्वाभिमानमा बाँच्ने गोर्खा जाति प्रति यसरी भाषण दिने अगोर्खाहरुको हामी प्रतिको बिचार, सोंच कस्तो छ भन्ने स्पष्ट प्रमाण हुँदछ | हामीलाई हाम्रै घर आँगनमा आएर गोर्खा माथि दमन नीति अपनाउँछ, हेप्छ | यसैले नै हामी हाम्रो जाति सुरक्षाको निम्ति छुट्टै गोर्खाल्याण्ड माग्छौं | यसैले समयमा नै सम्पूर्ण गोर्खा एक भएर आफ्नो चिन्हारी साथै सुरक्षाको निम्ति छुट्टै राज्य माग्नपर्ने आवश्यकता छ | जबसम्म हामी गोर्खाहरु एक शुत्रमा बाँधिदैनौ तबसम्म हामीलाई यसरी अन्य जातिले हेप्नेगर्छ | दिनप्रति दिन गोर्खाहरुले देशभरि नै यसरी भाषणमा मात्र होइन तर शाररीक अनि मानसिक रुपमा पनि हेपाईहरु सहिरहेको छ | यस्तै हेपाईहरु सही बसे हुन सक्छ विश्वले चिनेको बीर गोर्खाहरु पनि एक दिन डाइनोसर जस्तो लुप्त भएर जानेछ | यसैले मन्त्री अरुप बिश्वास, मन्त्री इन्द्र्नील सेन जस्ता राज्यलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुको त गोर्खाहरु प्रति यस्तो सोंच छ भने साधारण अगोर्खाहरुको त झन के होला भन्दै देश विदेशका सम्पूर्ण गोर्खाहरुले यस्तो हेयपूर्ण भाषणको जमेर बिरोध गर्नुपर्छ भन्दै गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टिको पक्षमा प्रचार प्रसार सचिव बुद्ध थापाले एक विज्ञप्ति मार्फत जनाएको छ ||
↧