Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

पाठशाला अघि हिलो जमेर सडक बेहाल अवस्थामा

$
0
0
Bad road conditon in front of labdah busty primary school
लाब्दा बस्ती धुप्पी डांडादेखि बोर्दाङ प्राथमिक पाठशालासम्म जाने बाटो विगत वर्षदेखि बनिन थालेपछि उक्त गाउँका जन समुदायमा धेरै खुशीको लहर छाएको छ तैपनि यस बाटोको निर्माण कार्य लाब्दा निम्न बुनियांदी पाठशाला अधिनस्थ खेल मैदानलाई नै छोएर बनिन थालेको छ भने उक्त पाठशाला अघि हालसम्म अलकत्र बिछाउने कार्य भएको छैन जसको कारण यसै बर्खाको शुरुमा नै पानी जमेर जलथल हिलो जमेको कारण पाठशालाका नानीहरुलाई ध्रेरै असुविधा भइरहेको सर्वविधितै छ | यसको साथै उक्त बाटो भएर दिनहुँ हिड्ने यस क्षेत्रका गाडीहरु हिलोमा फँसेर बिहान बेलुकी मानिसहरुले ठेलेर निकाल्नु पर्ने बाध्यता दैनिक तालिका बन्न पुगेको जानकारी कमाण्डर चालक ओङलक्कु शेर्पा बताउँछन् | लाब्दा बस्ति क्षेत्रमा केही वर्षभित्रमा धेरै नै विकाश भएपनि यस्ता सानो सानो कुरोले भने पिरोल्न छोडेको छैन | मानिसहरुले भोगिरहेको समस्यालाई नियालेर उक्त बाटो निर्माण कार्यका ठेकादार महोदयलाई उक्त बाटोमा चाडो गरी अलकत्रा छापिदिने अनुरोध क्षेत्रका सम्पूर्ण जनसाधारणले गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles