Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा आधार कार्ड फोटो खिचिने कार्य सम्पन्न

$
0
0
Aadhar Card photo shoot camp
मङपुको विभिन्न क्षेत्रहरुमा आज जम्मा तीन दिनपछि आधार कार्डको फोटो खिच्ने कार्य सम्पन्न भएको छ | देशको प्रधान मन्त्री नरेन्द्र मोदीको डिजिटल इण्डियाको लहर अन्तर्गत हरेकको आधार कार्ड खिच्न जरुरी साथै विभिन्न कार्यलयतिर पनि आधार कार्ड देखाउन पर्ने, ब्यांकका खाताहरुमा पनि आधार कार्ड लिंक गराउन पर्ने हुनाले आधार कार्डलाई बर्तमान समयमा बिशेष महत्वपूर्ण मानिएको छ | गत बुद्धबारदेखि शुरु भएको फोटो खिच्ने कार्यमा मङपुको तीनवटा ग्राम पंचायतहरु मध्ये सर्वप्रथम रोङचोङ ग्राम पंचायतदेखि शुरु गरिएको थियो भने बिहिबार रेशेप ग्राम पंचायतमा सम्पन्न भयो भने आज लाब्दा ग्राम पंचायतमा आधार कार्डको फोटो खिच्ने कार्य सफलताको साथ सम्पन्न भयो | यो पल्ट केवल पाँच वर्षसम्मका नानीहरुको निम्ति मात्र फोटो खिचिने कार्य भएकोले बिहानदेखि नै भीडको साथ नालीडांडा नजिक सनराइज नर्सरी स्कूलमा लाब्दा ग्राम पंचायतका पाँचवर्षसम्मका नानीहरुको आधार कार्ड फोटो खिचियो | कार्यक्रमलाई लाब्दा ग्राम पंचायत कार्यलयका सहायक कर्मचारीहरु साथै आइसीडीएसका कर्मचारीहरुले सहयोग गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles