विगत धेरै दिनहरुको सर्वेक्षणको आधारमा भारतीय रेलवे विभाग द्वारा सेवकदेखि रम्फू सिक्किमसम्म रेलवे मार्ग निर्माण कार्य हेतु आइआरसीओएन कम्पनी द्वारा कार्य शुरु भएको जानकारी हुन साथै स्थानीय जनताहरुमा कतिपय समस्याहरु उठान हुने चिन्ताले धेरै बिचल्ली बनाएको छ | रेलवे मार्गको शुरुवाती कार्य लोहापुल, रोङचोङबाट शुरु गरिने तय भएको कुराहरु स्थानीय जनताद्वारा थाहा लागेको छ | बिशेष चिन्ताको विषय यो छ कि लोहापूल रोङचोङ जस्तो कच्चा जमीनको मुनिबाट रेल लाइन खनिने योजना रहेको छ | यस सुरुंग खनिने निर्णयमा स्थानीय जनता खुशी छैनन् | कारण सुरुंग खनिने एरियाको आसपास अनि सोझै माथि तीस देखि पैंतीस परिवारको बसोबासो रहेको छ | अझ चिन्ताको विषय स्थानीय इलाका प्राकृतिक प्रकोप भुइँचालो, पहिरो अनि पानी झरीले क्षतिग्रस्त अनि धेरै कच्चा भएको खण्डमा अझ सुरुंगको कार्यले जमीन थर्किने र जटिल समस्याहरुको सामना गर्नुपर्ने स्थिति आउन सक्छ | हालै निर्माण कम्पनी आफ्नो तयारीमा जुटेको छ तर सुरुंग खन्ने कार्य भने शुरु गरिएको छैन | यसर्थ स्थानीय जनता आफ्नो परिवार, घर अनि जमीनको बचाउमा लागिपरेका छन् | स्थानीय जनता वर्खायाममा घर छोडि पाखा बसेर नै रात बिताउन मजबुर भइरहेको अवस्थाको कारण ग्राम पंचायत खण्ड विकाश अधिकारी अनि बरिष्ठ अधिकारी कहाँ पनि पछि परेका छैनन् | स्थानीय जनताको पहल र भनाइ यो छ कि हामी हाम्रो गाउँ, शहर र देशको उन्नति भएकोमा धेरै खुशी छौँ तर हाम्रो परिवार, घर अनि जगा जमीनको सुरक्षा हेतु अवश्य ख्याल गरिनुपर्छ | यसर्थ यदि हाम्रो सुरक्षाको ख्याल नगरि रेलवे सुरुंगको कार्य शुरु गरिएमा स्थानीय जनता द्वारा यो कार्य रोक्नको निम्ति कुनै पनि हथकण्डा अपनाउन तयार रहेको जनाएको छ | जरुरी परे बिरोधी नारा, आमरण अनशन, एनजीओको पनि सहारा लिएर भएपनि आफ्नो घर परिवार र जगा जमीनलाई बचाएर नै छोड्ने प्रण गरेका छन् | यदि कुनै पनि पहल द्वारा ग्राम सुरक्षा हेतु रेलवे विभाग द्वारा जनतालाई सन्तुलित बनाइएमा ग्राम जनता यो देशको प्रगतिको कार्यमा अवश्य पनि बाधा बन्ने छैन भनि निर्णय लिएको जानकारी गराएका छन् ||
↧