Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु पुलिस द्वारा ट्राफिक सुरक्षा सचेतना सप्ताह पालन

$
0
0
Traffic safety awarness week by mungpoo police
दिनोदीन बढ्दै गइरहेको सडक दुर्घटनालाई नियन्त्रण गर्ने ध्येयमा बर्तमान चारैतिर पुलिसकर्मीहरु नै अघि आइरहेका छन् जस अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै चालकवर्गलाई सचेत गराउने काम गरिरहेका छन् | यसै शिलशिलामा आज रङली रङलियट थाना अन्तर्गत पर्ने मङपु पुलिस आउटपोस्टका पुलिसकर्मीहरुले पनि ट्राफिक सुरक्षा सचेतना सप्ताह पालन गर्दै यस क्षेत्रका चार चक्के अनि दुई चक्के बाहन चालकहरुलाई सचेत गराउने कार्य गरेको छ | बिशेष गरेर यहाँका आउटपोस्ट पुलिसकर्मीहरुले धेरै महिना अघिदेखि नै दुईचक्के बाहन चालकहरुलाई हेल्मेट लगाएर मात्र बाइक चलाउने अनुरोध गर्दै बिना हेल्मेट वाहन चलाउनेहरुमाथि कारवाही गरिरहेका थिए भने आज आउटपोस्टका पुलिसकर्मीहरुले मिठाई बाँड्दै कृपया हेल्मेट लगाएर मात्र बाइक कुदाउने, अनि तीन जना सवार नहुने अपिल गरेका छन् | आउटपोस्ट प्रभारी एसआई एम हुसैनको नेतृत्वमा सम्पन्न ट्राफिक सुरक्षा सचेतना सप्ताह कार्यक्रममा एसआइ सुमन लोहार, एएसआइ तपन गोहा लगायत कन्सटेबल, भिलेज पुलिस, सिविक पुलिसहरुको पनि सक्रिय भूमिका रहेको थियो जहाँ भिलेज पुलिस अनि सिविक पुलिसहरुले सेफ ड्राइभ सेफ लाइफ, फलो ट्राफिक रुल, राइड विथ हेल्मेट आदि जस्ता ट्राफिक नियम सम्बन्धि प्ला कार्डहरु हातमा लिएर सचेतना सप्ताहलाई पालन गरेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles