Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

हिल तृणमूल नारी एकाई बूथ कमिटि गठन

$
0
0
TMC Nari booth committee
गत आइतबार हिल तृणमूल कांग्रेस नारी एकाई मङपु सिम्ले शाखा समितिको एक महत्वपूर्ण सभा स्थानीय सार्वजनिक भवनमा रेखामणि राईको सभाध्यक्षतामा सम्पन्न भयो | बिसेष रोङचोङ ग्राम पंचायत अधिनस्थ पाँचवटा बुथ केन्द्रहरु लिएर बुथ कमिटि निर्माण गर्ने सभाको औचित्य थियो | बुथ कमिटि गठन पश्चात ग्राम पंचायत समिति पनि गठन गर्नु सभा बसेको संचालिका सकुन राईले बताइन | सभामा हिल तृणमूल कांग्रेस नारी एकाई जिल्ला सचिवा रेजिना गुरुङलाई चुनाव अधिकारीको जिम्मेवारी दिंदै बुथ कमिटि अनि ग्राम पंचायत कमिटि गठन गरियो | बुथ कमिटिमा सभापति सत्य खवास, उप सभापति रेश्मा प्रधान अनि निलम राई, सचिव मुस्कान गुरुङ (थापा), सहसचिव मिकल गुरुङ, बिष्णु लिम्बु, कोषाध्यक्ष सलिमा गुरुङ, लेखापरिक्षक नीला राई, सल्लाहकार रेखामणि राईलाई चयन गरियो | यसरी नै रोङचोङ ग्राम पंचायत कमिटिमा सभानेत्री सकुन राई, उपसभानेत्री सुचित्रा गुरुङ, रेखामणि राई, आशा तामांग, सचिव मुस्कान गुरुङ, सहसचिव सरिता सुब्बा रहेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images