Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपू विभागीय सार्वजनिक भवन संचालन समितिको सभा

$
0
0
Community Hall at Mungpoo Chowrastha
जीटीए द्वारा मङपू लाब्दा समष्टि अन्तर्गत मङपू विभागको चौरास्तामा निर्माण गरिएको सार्वजनिक भवन (Community Hall at Mungpoo Chowrastha) संचालन समितिको सभा समितिको सभापति सीके तामांगको अध्यक्षतामा सम्पन्न भयो | समिति सचिव पदमलाल गुरुङले स्वागत भाषण राख्दै संचालन गरेको सभामा सल्लाहकार बुद्ध कुमार थापाले सभाको औचित्य प्रष्ट पारे | गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पक्षबाट बिकाशमुलक कार्य स्वरूप यस्ता भवनहरु निर्माण गरिदिए वापत वक्ताहरुले जीटीए कार्यपाल बिमल गुरुङ साथै क्षेत्रीय सभासद रतन कुमार थापा प्रति धन्यबाद जनाए भने सभालाई उदय थुलुंग, डीपी सुब्बा, एके गुरुङ आदिले पनि सम्बोधन गरे | नव निर्मित भवनलाई सही प्रकारले संचालन गर्न हेतु गठन भएको समितिले भवनलाई सुरक्षित प्रकारले उपयोग गर्न नौवटा सामाजिक भाडा प्रणालीहरुमा बर्गिकरण गरेको छ जसमा शुभ बिवाह, मरौ कार्य, धार्मिक कार्यक्रम, राजनैतिक कार्यक्रम, एनजीओ अथवा संस्थागत कार्यक्रम, सांस्कृतिक कार्यक्रम, व्यवसायिक सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम, खेलकुद कार्यक्रम आदि रहेको छ | यसरी भवनलाई भाडामा चलाइएमा भवनको सुरक्षा एवम सौन्दर्य पनि कायम राख्न सकिने समितिको बिस्वास रहेको छ | यस भवन संचालन समिति जम्मा ४१ जना सामाजिक व्यक्तित्वहरुलाई लिएर गठन गरिएको छ जसमा सभापति सिके तामांग, उप सभापति ध्रुब छेत्री, निर्मल गुरुङ, सचिव पदमलाल गुरुङ सहसचिव विजय राई, प्रकास राई, कोषाध्यक्ष शशीभुषण राई अनि अन्यलाई सलाहकारको रुपमा चयन गरिएको छ | समितिले चाडै सभासदको परामर्श लिएर सुचना एवम सांस्कृतिक विभाग जीटीएका सभासद बिनय तामांगलाई भेट गरी भवनलाई चाहिने आवश्यकीय सरसामानहरुको माग गर्ने निर्णय लिएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images