सिन्कोना निर्दीशालयको प्रेक्षागृहमा सिन्कोना बगानका चारैवटा बगानहरु मङपु, लाठपन्चर, मंसोंग र रोंगोका व्यवस्थापकवर्ग क्रमश: बीके तामांग (मंसोंग) टीबी बराइली (लाठपन्चर) जे सादा (मङपु), विदुर कार्की (रोंगो), उद्भिदरोग विशेषज्ञ मदन मुखिया (व्यवस्थापक प्रभारी, मुख्यालय) उद्भिदविद डीडी मुखिया (मंसोंग) सहव्यवस्थापक गोपाल लामिछाने (रोंगो), कार्यलय किरानी डीके गुरुङ, स्टेनोग्राफर सुदर्शन तामांग, युडीसी रुथ सादा, वाच एण्ड वार्ड विभागबाट नन्द प्रसाद बाहुन, सहयोगी निमादोर्जी योन्जन, अन्जु तामांग, किशन प्रधान, विवेक तामांग, हेड ग्याङमेन अनि चौध विभागका पन्ध्र जना ग्याङमेनको उपस्थितिमा छैटौं दलनायक कार्यशाला सिन्कोना निर्देशक डा० सामुयल राईको निर्देशनमा सम्पन्न भयो |
कार्यशालामा व्यवस्थापक मुख्यालय एवम उद्भिदरोग विशेषज्ञ मदन मुखियाले उपस्थितिवर्गलाई स्वागत जनाएका थिए | 155 वर्ष पुरानो सिन्कोना बगानलाई पहिलेकै गरिमामय अवस्थामा फर्काउन हामी सबैको दायित्व छ | हाम्रो स्वार्थको निम्ति आमी आफै अघि बढेंनौ भने अरु कसले यसलाई सम्हालेर लैजानेछैन | यसैले मेरो बगान, मरो गर्व एउटा आह्वान फ्लेक्सको पनि आज निर्देशकको बाहुलीबाट लोकार्पण गरियो | उक्त फ्लेक्स चारै बगानमा पठाइएको छ | यसको उदेश्यलाई सबैले मनन गरुन सबैले साथ दिउन भनेर निर्देशित छ |
सभामा निर्देशालयको वाच एण्ड वार्ड विभागके स्थल भ्रमण गरेर उतारिएको बगानका तस्वीरहरु अनुरुप प्रश्नहरु निर्देशकले राखेका थिए साथै बगानमा उत्पादित सामाग्रीहरु बेला बखत चोरी पनि हुने गरेकोले यस सम्बन्धमा उचित हेरचाह गरिनुपर्ने साथै कसैले अवैध काम गरेको चाल पाएमा कडा कार्यवाही तयार हुनपर्ने सुझाव पनि सभामा राखियो | कार्यशालामा वितेको छ महिनाभित्रमा सिन्कोना बगानका सबै विभागमा के कस्तो कार्यहरु भए सम्बन्धमा विस्तृत लेखाजोखा गरियो साथै आगमी छ महिनामा गरिनुपर्ने बगानका कार्य योजनाको जानकारी पनि गराइयो |
सिन्कोना बगानमा नारेगाको योजनाले के के कार्यहरु गर्न सफल बन्न सके बारे विभिन्न विभागहरुले आ आफ्नो जानकारी राखे | कार्यशालामा सिन्कोना लगायत बगानमा उत्पादन गरिने विविध विषयमा पनि विस्तृत जानकारी गराइयो | सामुहिक विचार र निर्णयले सिन्कोना बगानमा नयाँ मोड अवश्य ल्याउनेछ | कार्यशालाको अन्तमा रोंगोका व्यवस्थापक विदुर छेत्रीले सभालाई सम्बोधन गर्दै धन्यबाद ज्ञापन गरेका थिए ||