Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बुद्ध पुर्णिमाको छुट्टी घोषणा प्रति आभार प्रकट

$
0
0
All Bengal Buddhist Development Committee at Bagdogra Airport
आज लाब्दा विभाग स्थित दोङाग छ्योइलिङ बौद्ध गुम्बामा अल बेंगाल बुद्धिष्ट डेभ्ल्पमेन्ट कमिटिको एक धन्यवाद कार्यक्रम धर्मगुरु उदय पाख्रीनको अध्यक्षतामा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दै संगठन महासचिव आकाश लामाले बुद्ध पुर्णिमालाई बङ्गालका मुख्यमन्त्री ममता ब्यनार्जीले आम विदाको रुपमा घोषणा गरेकोमा सम्पूर्ण बङ्गालका बौद्धहरुको तर्फबाट हार्दिक आभार व्यक्त गरे | संगठनको आगमी कार्यक्रम विषय २६ फरवरी सालुगड़ामा सम्पन्न हुने केन्द्रीय समिति सभामा घोषणा गरिने पनि उनले जानकारी दिए | सहसचिव रतन बोम्जनले पनि जीटीए अध्यक्ष बिमल गुरुङले अगावै बुद्ध जयन्तीको छुट्टी जीटीए क्षेत्रमा घोषणा गरेकोमा साथै बङ्गाल मुख्यमन्त्री प्रति पनि आभार प्रकट गरे | साथै यस विषय अब ग्याजेट नोटिफिकेशनलाई ध्यान दिन पर्ने कुरा दोहोराउदै आगमी कार्यक्रमहरुमा अन्य मागहरु पनि रहेको बताए | संगठन अध्यक्ष जम्बु लामाले बौद्धहरुको स्थिति भारतमा धेरै सोंचनीय रहेको साथै बौद्ध सिधान्त, संस्कारलाई निरन्तर पालन गर्न सम्पूर्ण बौद्धहरु समक्ष अपिल गर्दै गुम्बा, केन्द्रमा निरन्तर उपस्थित भइ धर्म – संस्कारहरु सिक्न पर्ने कुरोमा जोड दिए | यसमा बुद्धले महत्व दिएको संघलाई बुझ्न पर्ने बताए | यसै मार्फत सम्पूर्ण माग आदि सफल हुँदै जाने कुरोमा आफु बिश्वस्त रहेको बताए | आगमी १९ मार्चको दिन नर्थ बेंगालमा बौद्धहरुको जन घनत्व दर्शाउन सबै शान्ती रयालीमा आइदिने अपिल पनि तिनले गरे | सभालाई मङपुका बरिष्ठ साहित्यकार सुरेन्द्र थीङ(संयोजक)ले पनि १९ मार्चको रयालीलाई सफल बनाइ दिने अपिल गरे | अन्तमा धर्मगुरु उदय पाख्रीनले यस घोषणालाई ऐतिहासिक बताउंदै मुख्यमन्त्री प्रति आभार व्यक्त गरे | संघको ताकत नै सर्वश्रेष्ठ हो भन्दै संगठनको आगमी कार्यक्रमको सफलताको निम्ति कतिपय पुजा सम्पन्न गर्न पर्ने बताउंदै सबैलाई आशिष दिए | सभामा मङपु क्षत्रका बौद्ध समुदायहरु शेर्पा, गुरुङ, भोटिया, लेप्चा, तामांग, म्हानिपा संघ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो | रतन लामा, जोनी मोक्तान, किरण पाख्रीन, प्रेम प्रसाद वाइबा, सिठु मोक्तान, नरेश शेर्पा आदिको उपस्थिति संगै संगठनका केन्द्रीय प्रतिनिधिहरु क्रमैले लाक्पा छिरिङ गोले, लनम लामा, अभय अधिकारी, एसएम घिसिंग, सबिता वाइबा, फूलमान तामांग आदिको पनि बिशेष उपस्थिति रहेको जानकारी प्रचार प्रसार सचिव सुरेन पाख्रीनले दिएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images