Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

नर्थ पोइन्ट दार्जीलिंगमा मङपु विभागीय फूटबल एकाडेमी बिजयी

$
0
0
Mungpoo Divisional Football Academy wins at north point darjeeling
गत ८ फरवरीदेखि सन्त जोसेफ, नर्थ पोइन्ट स्कूल खेल मैदान दार्जीलिंगमा गोर्खा हिल स्पोर्ट्स एशोसिएशन द्वारा संचालित अन्डर १९ को महकुमा स्तरीय खेलको अन्तिम खेलमा मङपु विभागीय फुटबल एकाडेमी (Mungpoo Divisional Football Academy) ले उत्कृष्ट खेल प्रदर्शन गर्दै विजय हासिल गरेको छ | उक्त महकुमा स्तरीय खेलमा जम्मा बाइसवटा विभिन्न समष्टिका दलहरुले अंश ग्रहण गरेका थिए भने त्यस खेलमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत मङपु लाब्दा समष्टिलाई प्रतिनिधित्व गर्दै मङपु विभागीय फुटबल एकाडेमीले अंश ग्रहण गरेका थिए | यही खेलको चुडान्त खेल मङपु विभागीय फूटबल एकाडेमीको लेबोंग गिंग समष्टिसित रोमान्चक भिडन्त भएको थियो जसमा शुन्यको विरुद्ध एक गोल गरी एकाडेमीका खेलाडी रोयल राईले आफ्नो दललाई विजय बनाउन सक्षम बनेका थिए भने म्यान अफ द म्याच एकाडेमीकै प्रशान्त गुरुङले ल्याए | यस फाइनल खेलमा जीटीए डेपुटी चिफ कर्णल रमेश आलेको बाहुलीबाट बधाई सहित बिजयी ट्रफी ग्रहण गरेको थियो भने प्रशिक्षक भरत पोख्रेल, अकादमी सचिव किशोर थापा, प्रमुख सल्लाहकार निमा फ़िपोन तथा अन्यान्य पनि बिशेष रुपले उपस्थित थिए | स्मरण रहोस बिगत २००७ को स्थापनाकालदेखि एकाडेमीलाई कालेबुंगबाट सोनाम वाङदी भोटिया, चर्चित खेलाडी भाष्कर थापाले प्रशिक्षण दिंदै आज पर्यान्त हरेक वर्ष शीतकालीन फुटबल प्रशिक्षण शिविरको रुपमा प्रशिक्षण दिंदै आइरहेको छ भने स्थापनाकालदेखि नै हिमालयन स्पोर्टिंग क्लबका प्रमुख सदस्य लाक्पा शेर्पाको अग्रणी भूमिका रहिआएको छ | आज यसरी बिजयी बनेर आएको दललाई समष्टि सभासद रतन कुमार थापा लगायत समष्टि सभापति उर्गेन शेर्पा साथै सचिव रतन लामाले पनि हार्दिक बधाई दिंदै आगमी दिनमा एकाडेमीले अझ प्रगति गरेर जाने शुभकामना जनाएको जानकारी बुद्ध कुमार थापाले जनाएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images