Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा हु केयर्सको शाखा गठन

$
0
0
WHO Cares Mungpoo
शहरको गल्ली, चेप कुनातिर असहाय भएर डुली हिड्ने लाटा – लंगडो, बुडा – बुडी साथै सडककै धूलो मुलोमा जीवन बिताउन बाध्य पिडितहरुलाई नुहाई धुवाई गर्दै सफा लुगा लगाइ दिंदै उनीहरुको दु:ख सुख बाड्ने संस्था भनेर चिन्हित हु केयर्सले (WHO Cares) आज मङपुमा पनि आफ्नो शाखा बिस्तार गरेको छ | २६ जुलाई २०१२ मा स्थापित हु केयर्सले वास्तवमा यस्ता असहाय व्यक्तिहरुलाई सफा मात्र नगरेर गाउँ समाजका कतिपय कुरीति, कुतत्व, विकृति तथा कुव्यवस्थालाई पनि सफा गर्ने उदेश्य बोकेर आज पर्यान्त निस्वार्थ सेवा गर्दै आइरहेको छ | त्यसै पनि मङपु क्षेत्र एउटा शिक्षितहरु बस्ने स्थान भनेर चिनिने गरिए पनि यहाँका कतिपय व्यवस्थाहरु अव्यवस्थित नै रहिआएको कतिले बुझेका छन् | बिशेष गरेर यो स्थान कुनै नगरपालिका नरहेकोले यहाँ मैला व्यवस्थापनको धेरै पहिलेदेखि नै समस्या छ जसलाई बेला बखत यहाँका कतिपय संघ संस्थाहरुले सफा गर्ने गर्छ भने मङपु भित्रका धेरैवटा स्थानहरुमा रहेका यस्ता अव्यवस्थित मैलाहरुले मङपुको मानचित्र धमिल्याउने काम गरेको छ | अब हु केयर्सको शाखा गठनपछि यसका सदस्यहरुले हात लाएपछि मात्र सम्बन्धित विभाग अनि व्यक्ति बिशेषको निन्द्रामा पानी छम्किने काम हुने अड्कल काटिएको छ | आज शाखा गठन कार्यक्रममा आएको पहिलो दिन नै हु केयर्सका सदस्यहरुले नालीडांडामा हरदम देखिने असहाय अनि मैला देखिने रुम्बालाई नुहाएर, कपाल, दाह्री, जुँगा काटिदिएर सफा पारिदिएको छ | शाखा गठन गर्दै हु केयर्सका विभिन्न क्षेत्रहरुबाट आएका कोअर्डिनेटरहरु क्रमैले कालेबुङबाट  एरोन योन्जन, सोनाम छम्बी भुटिया, तारा छेत्री, सिनोरा नाम्चु, दार्जीलिंगबाट पिंकी बिश्वकर्मा, खण्ड बिकाश बडाबाबु एसके प्रधान, भाष्कर तामांग गोरुबथान लगायत मङपुबाट संजीव तामांग आदिले निस्वार्थ समाज सेवा साथै हु केयर्सले गरिसकेको कार्यहरु लगायत यसले गर्नुपर्ने काम, व्यक्तित्व सुधार माथि उपस्थित महानुभाववर्गलाई जानकारी गराए | आज गठन गरिएको शाखा अन्तर्गत सदस्यताको निम्ति फारम भर्ने कार्य पनि शुरु भएको छ भने आज उपस्थित हुन नसकेका मङपु क्षेत्रका कुनै पनि व्यक्ति बिशेष जो निस्वार्थ समाजको सेवा गर्न चाहन्छ भने संस्थासित सम्पर्क गरी फर्म भर्न सक्ने पनि कोअर्डिनेटरहरुले जानकारी दिएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images