Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दामा बुद्ध जयन्ती अनि ख्येन रिम्पोछेको जन्म दिन मनाउने

$
0
0
Buddha Jayanti
लाब्दा विभाग स्थित दोङाग छ्योइलिङ सार्वजनिक  बौद्ध गुम्बा संचालन समितिको सभा सिठू मोक्तानको अध्यक्षतामा सम्पन्न भएको छ जुन सभाले यस वर्षको २५६० औं बुद्ध जयन्ती भब्यताको साथ पालन गर्ने निर्णय लियो । यसको साथै २० मइदेखि विभिन्न धार्मिक कार्यक्रमहरू गर्दै २५ मइको दिन पुजनीय रिम्पोछे साङ्गे लोडोको जन्म दिन पनि पालन गर्ने भएको छ । रिम्पोछे साङ्गे लोडो जसले यस गुम्बामा थुप्रै धार्मिक अनुष्ठानहरू गरेर मानव कल्याणको निम्ति अभिषेक वितरण पनि गरेका थिए । उनकै पवित्र नाम अनि कामलाई स्मरण गर्दै उनको जन्म दिन मनाउने जानकारी समितिले दिएको छ । धार्मिक कार्यक्रमहरूमा विश्व शान्तिको निम्ति १०८ लुङदर लगाइने साथै दिन दिनै पिउने पानीको मुहानहरू सुकेर पेय जलको समस्या बढेकोले मुहानहरूको संरक्षण हेतु मुहान परिसरमा छेलुङहरू लगाएर पुजा गरिने पनि समितिको कार्यक्रम सुचीमा रहेको छ । गुम्बा संचालन समिति द्वारा हरेक वर्ष आयोजन गरिने बुद्ध जयन्ती कार्यक्रममा यस वर्ष पनि समस्त श्रधालु भक्तजन तथा धर्मानुरागीहरूलाई समितिले स्वागत जनाउदै २१ मइको बुद्ध जयन्तीमा उपस्थित भइ पवित्र वाङ ग्रहण साथै प्रवचन श्रवण गरेर आत्मिक शान्ति तथा आध्यात्मिक लाभ उठाइदिने अपिल गरेको छ ।यसको साथै २५ मईको दिन सम्पन्न हुने ख्येन रिम्पोछेको जन्म दिन कार्यक्रमको निम्ति अखिल भारतीय महायान म्हाणिपा संघका सम्पूर्ण शाखा प्रशाखाका सदस्यवर्ग साथै शुभचिन्तकहरूलाई मङपू शाखा म्हाणिपा संघ अनि लाब्दा गुम्बा द्वारा हार्दिक स्वागत जनाएको जानकारी सचिव प्रकाश मोक्तान अनि संयोजक किरण पाख्रीनले दिएको छ ।।

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles