Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

शहीद कप फाइनल इन्द्रेणी युवा परिवार बनाम सालुगड़ा फाप्री माझ हुने

$
0
0
football
मङपु विभागीय खेलकूद समिति द्वारा संचालन हुँदै आइरहेको नवौं शहीद कप फूटबल टुर्नामेन्ट आगमी आइतबार इन्द्रेणी युवा परिवार सुन्तले हाइवेले नाइन स्टार फाप्री सलुगडाको चुनौती सामना गर्नेछ | ज्ञात रहोस मङपु विभागीय खेलकुद समितिले देशको शहीद द्वय सुजित थापा अनि संजय राईको देशप्रति दिएको अनमोल प्राण आहुतीको मुल्यांकन गर्दै यस वर्ष पनि १ अक्टोबरदेखि संचालन भएको शहीद कप फूटबल टुर्नामेन्ट विभिन्न सांस्कृतिक कार्यक्रम संगै मङपु विभागमा श्रमिकका सेक्शन बी बनाम सिजनल लेबरका खेलाडीको खेलको पनि फाइनल खेल अपरान्ह १ बजे देखि खेला सम्पन्न हुने जानकारी छ | उक्त शहीद कप फूटबल टुर्नामेन्टमा समितिले सम्पूर्ण खेलप्रेमी दर्शकहरु प्रति हार्दिक स्वागत मिडिया पार्टनर हिमालय दर्पण मार्फत जनाएको छ | साथै उक्त खेल सम्पन्न गराउन प्रत्येक वर्ष जुट्ने मङपु विभागका श्रमिकवर्ग, कर्मचारी साथै ग्रामबासीहरुलाई पनि समितिले स्वागत जनाएको छ |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles