Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा करेन्ट लागेर छोरा बुहारी घाइते

$
0
0
electricity injures two in mungpoo
आज बिहान प्राय: ६:१५ बजे बिहान विध्युत सर्वाहमा अचानक गडबडी हुँदा एकै परिवारको तीन जना सदश्य घाइते भएको छ | घटना मङपुको लाब्दा विभाग अन्तर्गत शान्ति धुरा निवासी किरण तामांगको परिवारमा भएको हो | आज बिहान अचानक विध्युत गडबडी हुँदा किरण तामांगको छोरा प्रितम तामांग बिहानको पुजा गर्न जाँदा अचानक करेन्ट लागेर गम्भीर रुपले घाइते भएको छ | पिडीत प्रितमकी पत्नी रेनुका तामांग आफ्नो पतिलाई बचाउन जाने हुँदा उनी पनि त्यहीं टाँसिएको टाँसिएकै भएको थियो भने छोराले गुहार मागेको सुनेर गाईलाई घाँस हाल्न गएको आमा कुदेर जाँदा उनलाई पनि कम्ति झट्का लागेको जानकारी छ | केही समयपछि बिध्युत सर्वाह आफै काटिएकोले मात्र पिडीत छोरा बुहारी बाँच्न सकेको छ भने दुवै जनालाई बेहोस अवस्थामा मङपुदेखि १२ किमी मुनि रम्बी अस्पताल लागिएको थियो भने त्याहाँबाट पनि सिलिगुडीको एउटा प्राइवेट नरसिंग होममा पुराई आईसीयूमा राखिएको छ | बुहारी प्राय: साधारण अवस्थामा आइसकेको भए पनि प्रितमको अवस्थामा अझै पनि राम्रो सुधार नआएको परिवार पक्षबाट फोन मार्फत जानकारी दिएको छ | घटनापछि बिधुत विभाग मङपु अनि कालेबुंग विभागका पदाधिकारीहरु घटनास्थलमा पुगी निरिक्षण गरिसकेको छ भने विधुतको गडबडीले यति मात्र नगरेर यस गाउँको अन्य घरहरुमा पनि घरको इलेक्ट्रोनिक्स सामानहरु क्षति पुराएको जानकारी छ | कालेबुंग विधुत विभाग सहायक अभियन्ता प्रबल लामाले जनाए अनुसार बिधुत सर्वाहमा अचानक तक्निकीय गडबडी भएको कारणले यसो भएको जनाएको छ | उनले अझ बताए अनुसार विभागले घटनाको प्राथमिक निरिक्षण गरिसकेको जनाउंदै विभागको उच्च पदस्थ अधिकारीवर्गले अझ एकपल्ट घटनाको जाँच गरेपछि मात्र पिडीत परिवारलाई क्षतिपूर्ति पाउनसक्ने बताएको छ |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles