Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सुरेश कुमारको नयाँ एल्बम “जीवन” लोकार्पित

$
0
0
Suresh Kumar Music album Jiwan
धेरै वर्षको अन्तरालमा नेपाली सांगीतिक जगतका लोक प्रिय गायक सुरेश कुमार छेत्रीको नयाँ एल्बम “जीवन” (Suresh Kumar new Music Album Jiwan) अब श्रोताहरुको निम्ति बजारमा आएको छ | मङपु रङबी विभागका सिंगर परिवारको प्रस्तुतिमा अनि बर्तमान साहित्य क्षेत्रमा थुप्रै प्रसंसा साथै ख्याती कमाई सकेका चर्चित साहित्यकारहरु क्रमश सिटोङका संजीव छेत्री (साहित्य अकादमी युवा पुरस्कारले सम्मानित) अनि मङपुका शरण गुरुङ अनि पुष्कर सिंगरको शब्दमा तयार यस म्युजिक एल्बमको आज रङबी विभाग सार्वजनिक भवनमा विधिवत लोकार्पण कार्यक्रम भएको छ | एक समय आफ्नो स्वर अनि गायकीको जादुले दार्जीलिंग अनि नेपालका श्रोताहरुलाई धुरुधुरु रुवाउन सक्ने सफल गायक सुरेश कुमारको यस एल्बमले फेरि पनि उत्तिकै लोकप्रियता कमाउन सक्ने अड्कल काटिएको छ | यस्ता अनुभवी साथै मर्मस्पर्सी मधुर स्वरका धनी सुरेश कुमारको गीत वृद् देखि लिएर युवा जमातसम्मलाई झट्टै छुने र मन परि हाल्ने सत्य संगै यो पल्ट चर्चित गजलकार, रुवाईकार अनि शब्द्कारहरुको संयुक्त प्रयासले बनिएको एल्बमले अवश्य नै संगीत क्षेत्रमा एउटा नौलो कुरो दिएको र यसले राम्रो सफलता हासिल गर्न सक्ने उपस्थित समुहले आफ्नो मनसाय पोखेका छन् |
लोकार्पणकै अवसरमा आजभोलि चर्चामा आएका युवा गजल गायक सौरभ राईले पनि आफ्नो मिठो गजलहरु प्रस्तुत गरेका थिए जसलाई तबला वादक अभिषेक सुब्बाले साथ दिएका थिए भने सिटोङका युवा गायक प्रणय गुरुङको पनि सांगीतिक प्रस्तुतिहरु रहेको थियो |
आजको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि संगीतकार मणिकमल छेत्री, बिसिष्ठ अतिथि सुरेन्द्र थीङ लगायत बरिष्ठ रंगकर्मी देवराज शेर्पा, गितार वादक साथै संगीत संयोजक विनय सेवा, संगीतकर्मी धनपाल गुरुङ, चलचित्रकर्मी कुशल घिमिरे, शब्दकार गणेश सुब्बा, गगन राई, शिशिर गहतराज आदिको बिशेष उपस्थिति रहेको थियो |

Viewing all articles
Browse latest Browse all 3853