Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोनाको तनखा तिहार अघि पाउने

$
0
0
Cinchona labour salary day
संधै सिन्कोना श्रमिक अनि मजदुरहरुको हित अनि अधिकारको काम गर्ने अडान राखेर आएको दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन यस पल्ट पनि सिन्कोना बगान श्रमिक अनि मजदुरहरुको आवश्यकतालाई ध्यानमा राखेर यस वर्षको अक्टुबर महिनामा हिन्दुहरुको दुईवटा महान चाड दंशैं अनि तिहार परेकोले एउटा तनखाले दुईवटा चाड टार्न गाह्रो पर्ने बुझेर अक्टुबर महिनाको तनखा अक्टुबर महिनामानै पाउने प्रबन्ध मिलाएको जानकारी युनियन सिन्कोना जोन सचिव गगन राईले दिएको छ | साधारणत: सिन्कोना बगान श्रमिक तथा मजदुरहरुको हरेक महिनाको तनखा अर्को महिनाको पहिलो सप्ताहमा पाउने गर्छ भने यो महिनामा दुईवटा पर्व परेको हुँदा सिन्कोनामा यस्तो आपदकालीन घडीमा तनखालाई अघि सारेर पनि बगानबासीको आवश्यकतालाई पुरा गरिदिने गर्छ | यही विषय लिएर मोर्चा युनियनको पहलमा सिन्कोना निर्देशक डा० सामुयल राईसित पनि पत्रचार साथै कुराकानी गरेको सचिवले जनाएको छ | सिन्कोना क्षेत्रमा मात्र नभएर यस बिषयमा जीटीएको सम्बन्धित विभागसित पनि पहल गरेर नै आज सिन्कोना कर्मचारी तथा मजदुरहरुको तनखा बील पठाइएको जनाए भने तिहारको अघि नै बगानकर्मीहरुले यस महिनाको तनखा पाउने जानकारी आज दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सचिव राईले जनाएको छ |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles