रङबी विभागमा पर्ने हिल एन्जेल्स एकाडेमी ( Hill Angels Academy) ले आफ्नो यस वर्षको विधालय मेला साथै प्रदर्शनी कार्यक्रम सम्पन्न गर्यो | कार्यक्रममा विधालयका विधार्थीहरु द्वारा बिज्ञान विषयका प्रदर्शनीहरु, बिधार्थी द्वारा निर्मित हस्तशिल्पका सामानहरु, औषधीय पौधाहरु साथै खेलकुद अनि अन्य आवश्यकीय बस्तुहरुको प्रदर्शनीहरु राखेका थिए | हिल एन्जेल्स एकाडेमीको यस विधालय मेला अनि प्रदर्शनी कार्यक्रममा मुख्य अतिथिको रुपमा मङपु सिन्कोना अनि अन्य औषधीय पौधाहरुका व्यावस्थापक जे सादा उपस्थित रहेका थिए भने सम्माननीय अतिथिको रुपमा मङपु इमिटाइन कारखाना चिफ क्यामिस्ट एमडी करिम साथै बिसिष्ठ अतिथिको रुपमा रङबी ज्ञानपीठ उच्च बिधालय प्रधान अध्यापक बीके गुरुङ उपस्थित रहेका थिए | कार्यक्रममा बिधालयकै शिक्षक – शिक्षिका लगायत बिधार्थीहरुको अभिभावकहरुको पनि बिशेष उपस्थिति रहेको थियो ||
↧