Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा पनि मोर्चाले बन्द राख्ने, टीएमसीले गर्यो खुल्ला राख्ने आह्वान

$
0
0
Darjeeling strike called by morcha
खुला राख्ने अपिल गर्दै टीएमसी समर्थहरु
मङपु, २७ सेप्टेम्बर, निस:  गोर्खा जनमुक्ति मोर्चा द्वारा डाकिएको १२ घण्टा बन्दलाई लिएर मङपु लाब्दा समष्टिमा पनि ठुलो खुल्दुलो मच्चिएको छ | स्थानीय सनराइज नर्सरी स्कूलमा गोर्खा जनमुक्ति मोर्चा समष्टि द्वारा डाकिएको सभाले २८ सेप्टेम्बरको दिन हुने बन्दलाई सफलीभूत बनाउन कुनै कसर बाँकी नराख्ने संकेत दिएको छ | समष्टि सभासद रतन कुमार थापा सयम उपस्थित भएको सभामा यहाँको नालीडांडा ब्यापारी संगठन, रेशेप बजार मर्चेन्ट एसोसिएशन, मङपुका सम्पूर्ण शिक्षक संगठनका पधाधिकारीहरु उपस्थित थिए भने बन्द अवधि यी मोर्चाका सम्पूर्ण भात्री संगठनहरुले कुनै करकाप बिना नै बन्दलाई सफल बनाउन आ – आफ्नो तरिकाले समर्थन दिने जानकारी दिएको छ | बन्द अवधि मङपु क्षेत्रक दोकान पात, शैक्षिक संथान, सरकारी सिन्कोना बगान आदि बन्द राख्ने मोर्चाको भात्री संगठनले जानकारी दिएको छ |  नालीडांडा देखि रेशेप बजारसम्मका ब्यापारी संगठनले मोर्चाको आदेशलाई पालन गर्दै बन्द अवधि कुनै पसल खुल्ला नराख्ने बचन दिएको छ | यसरी नै कर्मचारी संगठनका पदाधिकारीले पनि निसन्देह बन्दलाई सफल बनाउन कर्मचारीहरु कार्यलय नजाने जानकारी दिएको छ | बन्दलाई ध्यानमा राख्दै आज बिहानै मङपु सिन्कोना बगानका सम्पूर्ण विभागका मस्टरहरुमा मोर्चा युनियनका पदाधिकारीहरु बन्द विषयमा मजदुर, कर्मचारीहरुलाई सचेत गराउन पुगेका थिए भने मोर्चा युनियनका पधाधिकारीहरुले सम्पूर्ण सिन्कोना कार्यलयहरुमा सिल लगाउने जानकारी दिएको छ | यता मोर्चाले डाकेको बन्दलाई केन्द्र गर्दै मङपु क्षेत्रक टीएमसी कार्यकर्ताहरुले भने कुनै पनि सिन्कोना कार्यलयहरु बन्द नगर्ने, कर्मचारीहरु आफ्नो काममा जाने साथै काममा नगएको खण्डमा भोलिको दिनमा उनीहरुको सरकारी जागिर सरकार द्वारा खारेज गरिए स्थानीय टीएमसी पदाधिकारीहरु दायी नहुने चेतवानी दिंदै सरकारी आदेश अनुसार बन्दलाई विफल बनाउने माइकिंग गर्दै जनतालाई आह्वान गरेका छन् || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles