Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोनाको पाँचौं गेङमेन कार्यशाला सम्पन्न

$
0
0
Cinchona Gangman workshop at Director Bunglow
आज सिन्कोना निर्देशालयको सभागृहमा पाँचौं गेङमेन कार्यशालाको आयोजन गरियो । सिन्कोना निर्देशालयका निर्देशक डा सामुएल राईको आयोजनामा गरिएको यस कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत सिन्कोना विभागका कार्यकारी सभासद सामुएल गुरूङ पनि प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए । यस कार्यशालामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत कालिम्पोङ कृषि विभागका सह-निर्देशक, जेबी राई, दार्जीलिङ सहकारी ब्यांकका एक्स- सिइओ राजन ब्यानर्जी, चारै बगानका व्यवस्थापकहरू मध्ये क्रमशः बसन्त कुमार तामाङ - मन्सोङ युनिट, टीबी बराइली – लाटपञ्चर युनिट, विदुर छेत्री – रोंगो युनिट, उद्भिद रोग विशेषज्ञ मदन मुखिया, सरकारी इपिकेक बगान दलगाउँका सह-व्यवस्थापक गोपाल लामिछाने, धनदेव मुखिया – उद्भिद विशेषज्ञ, मन्सोङ विभागको सहभागितामा कार्यशाला सम्पन्न भयो ।
कार्यशालामा सिन्कोनाका १४ वटा विभागमा सेवारत गेङमेन अनि चप्रासीहरु लगायत अम्बोटे, खरसाङका प्रभारी , मङपु प्रयोगशाला सहयोगी, ट्रपिकल नर्सरी प्रभारी, अर्किट नर्सरी पार्क प्रभारी, उद्भिद-तेल निकासी विभाग प्रभारी लाब्दा, परिशोधन सहयोगी, चेउखेती युनिट टुङ अनि मङपुका प्रभारी, रबर परिशोधन युनिट, रोंगो प्रभारी आदिले वितेको ६ महीनामा गरेका कार्य अनि अबको ६ महीनाको अवधिमा गरिनपर्ने कार्यको विवरण र योजना क्रमशः रूपमा प्रस्तुत गरेका थिए । निर्देशक डा० सामुयल राईले सम्पूर्ण विभागहरुको कार्य अनि योजना विवरण सुनेपछि यसबाट निस्किएका समस्याहरुको पनि समाधान हेतु समयोचित दिशा निर्देश गरेका छन् | यसको साथै निर्देशकले बगानमा प्रोक्सी अनि बिना आवश्यकताको डबल गरिने प्रथालाई जति सक्दो बन्द गर्दै लाने ग्याङमेनहरुलाई निर्देश गरेका छन् |
 यसरी आज सिन्कोनाको  पाँचौ कार्यशालामा प्राप्त  कार्यलाई सराहना गर्दै प्रेरणा स्वरूप सिन्कोना खेतीको निम्ति रङ्वी विभाग, एपिकेक खेतीको निम्ति दलगाउँ विभाग, जंगलीको विस्तारमा रेशेप विभाग, सुन्तला खेतीको निम्ति लाटपञ्चर, सुन्दरीकरणको रिसर्च नर्सरी मङ्पु, समग्रमा राम्रो कार्यमा मङ्पु विभाग, विविधिकरणमा रोञ्जुभेली विभागलाई सम्मान पदकहरू प्रदान गरियो । सरकारी कार्यमा ईमान्दार अनि कर्तव्यनिष्ठताको निम्ति एपिकेक नर्सरी साङसीर विभागमा सेवारत पूर्णसिंग थापा अनि सहयोगी,  टुङको चेउखेतीमा सेवारत अर्जुन लामा अनि सहयोगी, ट्रपिकल नर्सरी मङ्पुमा सेवारत सुदीप थापा अनि सहयोगी, अलैंची खेती मङ्पुमा किरण ठकुरी अनि सहयोगी, अर्किड नर्सरी मङ्पुमा सेवारत सतीश ‍राई अनि सहयोगी, भूतपूर्व गेङमेन अरूण कुमार गुरूङ रेशेप विभाग, रिसर्च नर्सरीका फिल्डमेन श्याम कुमार छेत्रीलाई विशेष प्रशस्ति-पत्र र विशेष पदकहरूले सम्मान गरियो साथै सम्पूर्ण विभागका गेङमेनहरूलाई एकेक वटा लौरो वितरण गरियो भने यस लौरोलाई सिन्कोना निर्देशक डा० राईले सिन्कोनाको पुरानो परम्परालाई कायम राख्न हेतु पहिले पहिले सिन्कोना विभागका साहेब अनि ग्याङमेनहरुले जसरी लौरो बोकेर हिड्दै बेग्लै प्रकारको सिन्कोनाको रवाफिलो परम्परा बनाएका थिए यसलाई नै निरन्तरता दिनुको साथ साथै बगानको ग्याङमेनले विभिन्न प्रकारको स्थानहरुतिर निरीक्षण गर्न जानु पर्ने हुनाले यो एउटा साहारा साथै साँप, जनावर आदि भेटिएको बेला आत्म सुरक्षा पनि हो भनि बताए भने यसै लौरोलाई मुख्य अतिथिको रुपमा आशिन सभासद सामुयल राईले यसलाई एउटा इज्जत अनि अधिकार हो जुन लौरोले विभागका ग्याङमेनहरुको बेग्लै इज्जत दिने काम गर्छ भनि बताएका छन् | यसै अवसरमा राजन ब्यनार्जीले मानिसको जीवन शैली सम्बन्धि प्रेरणामुलक वार्ता प्रस्तुत गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images