Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा सिन्कोना विभागमा दुई श्रमिकहरुलाई विदाई

$
0
0
Kamal Kishore Rai, labdah cinchona Gangman Madan Rai, januka tamang
सिन्कोना बगान मङपु अधिनस्थ लाब्दा बिभागका दुई जना अवकाशप्राप्त श्रमिकहरुलाई आज विभागले विदाई दियो | लाब्दा गन्तीघरमा सानो विदाई कार्यक्रमको आयोजना गर्दै दुईजना श्रमिकहरु जानुका तामांग अनि मणिकुमार राईलाई सम्पूर्ण श्रमिक, कर्मचारी, दलनायक, दफादार अनि चप्रासीहरुको उपस्थितिमा विदाई दिएको छ | लाब्दा सिन्कोना विभाग विदाई समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रममा समितिकै सभापति तथा ग्याङमेन इन्चार्ज मदन राईको सभापतित्व रहेको थियो भने विभागीय कार्यलय कर्मचारी लोकमणि शर्माले कार्यक्रम संचालन गरेका थिए | दुई श्रमिकहरुले आफ्नो यौवन अनि साठी बसन्त निस्वार्थ सिन्कोना बगानको सेवामा खर्चेपछि आज आफ्नो कार्यकालको समाप्तिपछि अवकाश लिएको छ | विदाई पात्रलाई सर्वप्रथम ग्याङमेन इन्चार्जको बाहुलीबाट खादा अर्पण गरेपछि स्मृति पत्र साथै उपहार दिएर ससम्मान विदाई दिएको थियो भने उपस्थित सम्पूर्ण श्रमिक कर्मचारीहरुले पनि खादा लगाएर उनीहरुले सिन्कोना प्रति दिएको सेवाको कदर गर्दै विदाई दिएको छ | कार्यक्रमलाई सिनियर चप्रासी इन्द्र बहादुर मोहरा, कार्यलय किरानी हिर्देन खड्का लगायत ग्याङमेन इन्चार्जले पनि सम्बोधन गरेका थिए भने सम्पूर्णले दुई अवकाश प्राप्त श्रमिकहरुलाई आउँदो दिनको शुस्वास्थ्य कामना साथै शुभकामना प्रकट गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles