Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु सरस्वती विधालय निर्मल विधालय पुरस्कारले पुरस्कृत

$
0
0
Nirmal Vidhalaya Puraskar to Saraswati Higher Secondary School Mungpoo
गत २० अगस्तको दिन सर्व शिक्षा अभियानको तत्वधानमा गोर्खा रंगमंच भवनमा आयोजित समारोहमा सरस्वती उच्चतर माध्यमिक विधालयलाई निर्मल विधालय पुरस्कार द्वारा पुरस्कृत गरियो | केब्द्र सरकार द्वारा प्रायोजित स्वस्छ भारत अभियान अन्तर्गत निर्मल विधालय सप्ताह गत वर्ष झैं ८ देखि १२ अगस्तसम्म पालन गरिएको थियो | विधार्थीवर्गले स्वास्थ्य पिउने पानी, परिसर सर सफाई, सठीक हात धुने तरिका समेतको कार्यक्रम गरे | विधालयको सामाजिक प्रतिवद्धता विषयमा विधार्थीवर्गलाई सचेतना दिलाउँदै विधालयदेखि पदयात्रा गरि मङपु बजार हुँदै मङपु जनमैदानमा पुगेपछि स्वास्थ्य विधान र स्वास्थ्य अभ्यासको पहल स्वरूप “ खुल्लामा शौँच गर्न हुन्न “ शीर्षक एउटा सडक नाटक समेत प्रदर्शित गरियो जसमा निर्देशन र व्यवस्थापन शिक्षक घनश्याम राईले गरेका थिए | निर्मल विधालय सप्ताहको कार्यक्रम अन्तर्गत विधार्थीवर्गले वृक्ष रोपनको कार्यक्रम पनि गरे जसमा रविन्द्र भवनदेखि अरुणा लामा स्मृति परिसर हुँदै काउले गोलाई सम्म सडकको दुवै किनारमा प्रुनस नेप्लिन्सिस र थुजा प्रजातिको पाँच सय विरुवा रोप्न गरियो | यसरी नै राष्ट्रीय विधालय सुरक्षा योजना अन्तर्गत तक्दाह ब्लकमा आयोजित एक कार्यक्रममा विधालयकै एक विधार्थी कृतिका प्रधानले भूकम्प शीर्षक कवितामा प्रथम पुरस्कार हत्याउन सफल भइन | विधालयमा २९ अनि ३० अगस्तमा शिक्षक घनश्याम राईको पहलमा भूकम्प जस्तो प्राकृतिक संकटको समयमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा मोकड्रील सम्पन्न गरियो | सार्वजनिक पुस्तकालय दिवसको अवसरमा विधार्थीवर्गले पाठ्य पुस्तकको अतिरिक्त अन्य ज्ञानवर्धक पुस्ताकादिको अध्यान, मनन, चिन्तन गर्ने, सामाजिक निरक्षरता उन्मुलन गर्ने, साक्षरताको अभिवृद्धि गर्ने संकल्प लिएर शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ | केन्द्र सरकार द्वारा पहल गरिएको स्वस्छ भारत अभियान अन्तर्गत “ निर्मल विधालय पुरस्कार” को अभिप्राप्तिले विधालय परिवारमा हर्षको लहर छाएको छ भने विधार्थीवर्गमा उत्साहको संचार भएको छ | यसको निम्ति विधालय प्रभारी चन्द्रकला राई एवम सम्पूर्ण विधालय परिवार शिक्षा विभागीय कार्यकारी सभासद रोशन गिरी, शिक्षा विभागीय कार्यकारी निर्देशक केबी योगी, जिल्ला पाठशाला निरिक्षिका रबिना तामांग, डीआरडी ओएनएल शेर्पा तथा सभासदहरु, डीबी प्रधान र शान्ति छेत्री लगायत सम्बन्धित अधिकारीवर्ग प्रति हार्दिक आभार अनि कृतज्ञता प्रकट गर्दछ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles