Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु विभागमा शहीद कप फुटबल टुर्नामेन्ट हुने

$
0
0
Shaheed cup football tournament in shardha school ground
बिगत आठवर्ष देखि शहीद सुजित थापा अनि संजय राईको स्मृतिमा सम्पन्न हुँदै आएको शहीद कप फूटबल टुर्नामेन्टको नवौं वर्षको खेल आउँदो अक्टोबर महिनाको पहिलो सातादेखि खेलाइने संचालन समितिले निधो गरेको छ | समितिको सभाति प्रेमछिरिंग भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभालाई लिला बहादुर छेत्री अनि संजोक लेप्चाले संचालन गरेका थिए | सभामा यसवर्ष देखि सिन्कोना बिभागका मजदुरवर्ग सेक्सन ए,बी,सी, चौकीदार तथा सिजनल लेबरहरु माझ पनि फुटबलको लिग म्याच गराउने निर्णय लिएको छ | यस शहीद कप फुटबल टुर्नामेन्टको बिजेता दललाई शहीद कपको आकर्षक ट्रफी संगै रुपियाँ चालिस हजार अनि पराजय दललाई रुपियाँ २५ हजार सहित ट्रफी प्रदान गरिने भएको छ | मङपु विभाग स्थित शारदा उच्च बिधालयमा सम्पन्न हुने यस फुटबल टुर्नामेन्टको प्रवेश शुल्क समितिले रुपियाँ १५०० तोकेको छ भने इच्छुक दलहरुले प्रवेश शुल्क बुझाउने अन्तिम मिति १९ सितम्बर सम्म राखिएकोले दलहरुले अहिले देखि नै समितिसित सम्पर्क गर्न सक्ने जानकारी पाइएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles