Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रेशेप बजार मङ्पुमा संयुक्त ख्रीष्टीयन माइनोरिटी अर्गनाइजेसनको कार्यालय उदघाटन

$
0
0
Christian minority organisation
रेशेप बजार मङ्पुमा संयुक्त ख्रीष्टीयन माइनोरिटी अर्गनाइजेसनको कार्यालय उदघाटन केन्द्रीय समिति दार्जीलिङका सचिव श्री सागर रुचालको बहुलीबाट मङ्पु युनिटको उप-सभापति श्री आनन्द राई  (होसन्ना मण्डली) को सभापतित्वमा गरियो I यस कार्यक्रममा मङ्पु भेकका विभिन्न मण्डलीहरु रंग्वी विभाग, रन्जुभेली, मङ्पुर, लाब्दा विभाग अनि रेशेप विभागबाट प्रतिनिधित्व गरेका थिए  साथै युथ कोअर्डिनेटर लिप्सन सुब्बा केन्द्रीय समिति दार्जीलिङको पनि उपस्थिति रहेको थियो I केन्द्रीय समिति सचिवले संयुक्त ख्रीष्टीयन माइनोरिटी अर्गनाइजेसन गठन र कार्यालय राखिनुको मुख्य औचित्यमाथि विस्तृत जानकारी राख्नुभयो सरकारबाट अल्प संख्यकहरुलाई के के सहुलियत प्रदान गरिरहेछ अनि के के सहुलियत पाउनसक्छ भनी सविस्तार जानकारी उपस्थितवर्गमा गराउनुभयो I उदघाटन कार्यक्रममा शुरुको प्रार्थना स्थानीय वी सी आइ मण्डली रेभ फादर सत्यन छेत्रीज्यूले गर्नु भयो भने अन्तको प्रार्थना पाष्टर मेघनाथ परियार, केन्द्रीय समिति दार्जीलिङले गर्नुभयो उक्त कार्यक्रमको विज्ञप्ति श्री राजु मुखियाद्वारा प्राप्त भयो I

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images