आदर्श ग्राम ७४ धुरा ग्रामबासीको बिशेष पहलमा गाउँ नजिक रहेको पानीको मुहानहरु लगायत अन्य ठाउँहरुको साफ सफाई अनि वृक्षरोपन कार्यक्रम युवावर्गको पक्षबाट गरियो भने नाग पंचमीको पुनित अवसरमा गाउँमा रहेको नागस्थानमा बिशेष रुपमा लामा, म्हेमे द्वारा पूजा अर्चना गरियो | ७४ अन्तर्गत रहेको विभिन्न पानीको मुहान जसबाट मङपुका धेरै गाउँहरुमा पिउने पानी सर्वहारा गरिएको छ छ त्यस क्षेत्रलाई साफ सफाई गर्दै लाब्दा विभागीय ग्याङमेन इन्चार्ज मदन राईको पहलमा विभागीय पक्षबाट केही रुखका विरुवाको उपलब्ध गराइदिएको हुनाले यसलाई पानीको मुहान परिसरमा रोप्ने कार्य भएको छ भने आउँदो दिनहरुमा यस्ता कार्य गर्दै जाने साथै कतिपय पानीको मुहानमा बाहिरबाट आएर मैला गरिएकोमा पनि चर्चा गर्दै पिउने पानीको मुहानमा मैला नफ्याकिदिने अपिल गरिएको छ यसको साथै मुहान परिसरमा कसैले रुखपात काटे गाउँबासीले कारवाही गरिने अनि विभागीय पक्षले पनि त्यसमा सहयोग गरिदिने निवेदन गरिएको छ | आउँदो दिनहरुमा यस्ता कार्यहरु प्रत्येक वर्षहरुमा गरिने साथै यसको निम्ति आर्थिक, सामाजिक, शाररिक सबै क्षेत्रमा ग्रामबासीहरुलाई सहयोग गरिदिने जानकारी गाउँलेको पक्षमा नयन शर्माले एक विज्ञप्ति मार्फत जनाएको छ ||
↧