Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रेशेप बजारका मोर्चा समर्थकहरु टीएमसीमा सामेल

$
0
0
Trinamool congress flag
गएको बिधान सभा चुनावमा गोजमुमोले गोर्खाल्याण्डको सपना देखाएर आम नागरिकलाई आफ्नो पार्टीको खेमामा हाल्न सफल भएपनि चुनावपछि मोर्चा सत्तावादी पार्टी मात्र सिमित हुन जाँदा पहाडको राजनैतिक दिशा र दशा बुझिसकेका नागरिकहरु वैकल्पिक राजनीतिको उपमा टीएमसी पार्टीको झण्डा समाउन अघि आउन थालेको छ | मोर्चाले गोर्खाल्याण्डको नाममा बहुमत जुटाए पनि समर्थकहरुमा अहिले बिस्वास घट्दै आएको छ भने बिकाशको दिशामा पनि मोर्चाले ल्याएको जीटीएले दार्जीलिंगलाई अकर्मण्यताको स्थितिमा पुरयाएको आम नागरिकहरुको बिचार प्रष्ट छ | यसबेला यसै स्थितिबाट बाहिर निस्कने आँट गर्दै मङपु रेशेप बजारबाट मोर्चा त्यागेर टीएमसी पार्टीको झण्डा लिई टीएमसी पार्टी समर्थक बन्न आएको छ | रेशेप बजारबाट कुलबहादुर खवास, प्रविण देवान, दावा शेर्पा, रोशन मगर, अजय थापा, प्रणय राई, कुमार छेत्री, राम छेत्री, कुमार अधिकारी, ताराबीर दर्जी, देवेन्द्र खवास आदिले मोर्चा त्यागेर टीएमसीमा सामेल हुन आएको छ | विपक्षी दलहरु जाप, गोरामुमो, टीएमसीलाई गाली गर्ने राजनैतिक सत्ताधारी दल गोजमुमोको असफल आन्दोलन, राजनैतिक अन्योल, सामाजिक बिकाशको सुस्ती जीटीए क्षेत्रको अहिलेको अवस्था हो | हाल बिधमान परिस्थितिलाई हेर्दा बेरोजगार, भेदभाव, बिकाशको काममा निस्कृयता, दायित्वहिन बोध भएको भन्दै रेशेप बजारबाट टीएमसी पार्टीको समर्थक बन्न आएको थाहा लाग्यो | मोर्चा त्यागेर टीएमसी पार्टीमा आउनेहरुको एकै स्वर छ “मोर्चाले हामी जस्तो साना र बेरोजगारहरुलाई पत्तो दिएन, १०० दिने रोजगारमा धरि भेदभाव छ | रेशेप ग्राम पंचायतमा घोटाला छ, रेशेप ग्राम पंचायत गोजमुमो जस्तो मात्र भएको छ, रेशेप बजारको सडक बेहाल छ, बजारमा फोहोर छ, फोहोर प्रबन्धनको कुनै योजना छैन | टीएमसीमा लागेर स्वार्थ होइन सामाजिक कार्य गर्नेछौँ | टीएमसीले धोका दिदैन भन्ने आशा छ | “ रेशेप बजार गान्धी प्राथमिक पाठशालामा भएको सभामा टीएमसी पार्टी लाब्दा मङपु समष्टिका सभापति केएस छेत्रीको सभापतित्वमा भएको सभामा नयाँ समर्थकहरुले राजनैतिक संकल्प लिंदै टीएमसीको झण्डा पक्रेको छ | नयाँ समर्थकहरु थपिंदै आउँदा टीएमसी पार्टी मङपु लाब्दा समष्टिलाई राजनैतिक उर्जा प्राप्त भएको छ | सभामा दार्जीलिंग सिन्कोना बगान वकर्स युनियन जिल्ला कमिटि कार्यकारी सभापति किरण ब्लोन, टीएमसी पार्टी आरआर ब्लक सचिव पवन बल, महिला एकाइका सचिवा रेजिना गुरुङ लगायत अन्य पदाधिकारी एवम समर्थकहरुको उपस्थिति थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles