Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रङबी ज्ञानपीठ बिधालयमा फ्रेसर्स वेलकम कार्यक्रम

$
0
0
Rungbee Jnanpith Higher Secondary School Mungpoo
मङपूको ज्ञानपीठ उच्चतर माध्यमिक बिधालयको अडिटोरियम हलमा फ्रेसर्स वेलकम कार्यक्रम सम्पन्न भयो | बिधालयकै प्रधान अध्यापक बीके गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा बिधालयका बिधार्थीहरुले प्रथमत: स्वागत गीत प्रस्तुत गरे साथै अन्य बिधार्थीहरुले विभिन्न रोचक गीत अनि नृत्यहरु प्रस्तुत गरेका थिए | यसरी रंगारंगी कार्यक्रममा बाह्रौ श्रेणीका बिधार्थीहरुले एघारौं श्रेणीका बिधार्थीहरुलाई रोचक कार्यक्रम गर्दै स्वागत जनाए | बिधालयका प्रधान अध्यापकले सम्पूर्ण नव बिधार्थीहरु प्रत्येकलाई उपहार प्रदान गर्दै बिधालयमा स्वागत जनाए | कार्यक्रमको मुख्य अतिथि उर्गेन शेर्पा सभापति गोजमुमो मङपू द्वारा पनि छोटो सम्भाषणमा नानीहरुलाई स्वागत जनाउंदै उतरोतर प्रगतिको कामना गरे | शिक्षक सुजित तामांग, बिधार्थी धनन्जय पण्डित अनि सुरक्षा तामांग द्वारा संचालन गरिएको कार्यक्रमलाई शिक्षिका पासाङ लम्हु डुक्पा, शिक्षक सोनाम शेर्पा, अम्बिका गहतराज, दिलिप गुरुङको निर्णय अनुसार कार्यक्रमको मिस्टर फ्रेसर्स सुमित सुब्बा अनि मिस फ्रेसर्स निमा डोल्मा तामांग भए | कार्यक्रममामा राजबीर पाख्रीन, बीरबल राई, रबीन प्रधान, बाल कुमार गुरुङ, विवेक शर्मा, सुसन मुखिया, दुर्गा थापा आदि पनि अतिथिको रुपमा उपस्थित थिए ||

Viewing all articles
Browse latest Browse all 3853