Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

गोरामुमो मङपूको भावी कार्यक्रम विषय सभा

$
0
0
Gorkha National Liberation Front (GNLF) flag banner
दार्जीलिंग पहाड एवम समतल क्षेत्रमा रहेको भारतीय गोर्खाहरुको अस्तित्व सम्बन्धलाई लिएर एवम सिन्कोना बगानको खस्किँदो अवस्थालाई लिएर पार्टी कार्यलयमा कैलाश पाख्रिनको अध्यक्षतामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपूको भावी कार्यक्रमको निम्ति एउटा महत्वपूर्ण सभा बस्यो | सभामा आउँदो कार्यक्रमलाई संकेत गर्दै बीबी राई रेशेप् फरेस्ट बस्तीले आउनेदिनमा जीएनएलएफ पार्टीको अवस्था एवम भोलिको दिनमा पहाडमा हरियो झण्डा फर्फराउने कुरो सत्य साबित हुँदै आएको बताए | कार्यक्रमलाई सम्बोधन गर्दै अनुप गुरुङ, मिलन शेर्पा, चमनसिंह प्रधान आदिले पनि आगमी कार्यक्रम बारे उपस्थितिलाई जानकारी दिए | गोरामुमो मङपुको आउँदो कार्यक्रमहरुमा ४ अगस्तको दिन पार्टीको पक्षमा पोस्टरिङ गर्ने, ५ अगस्तको दिन कार्यक्रमको निम्ति पोस्टरिङ गर्ने अनि ७ अगस्त आइतबारको दिन दिउँसो १२ बजे रैली गर्दै पथ सभा गर्ने रहेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles