Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

युवा मोर्चा मङपु लाब्दा समष्टिद्वारा दिलिप घोषको वयानमाथि जनायो विरोध

$
0
0
Gorkha Janmukti Yuwa Morcha Mungpoo
आज मङपु लाब्दा समष्टि युवा मोर्चाले पनि एक प्रेस बिज्ञाप्तिद्वारा गोर्खा माथिको गरेको बंगाल प्रदेश भाजपा अद्यक्ष दिलिप घोषको टिप्पणी माथि घोर बिरोध गरेको छ l लाब्दा मंग्पू सम्स्टी युवा मोर्चा प्रवक्ता श्रीमान बिभोर तामांगले भने की भारत कुन संबिधान र कानुनमा गोर्खालाई कुकुर जस्तो ब्यवहार गरेर गोलि ठोक्ने यो लेखिएको छ?आज भारत राष्ट्र भरि बसेको बासिन्दाहरुलाई मिठो अनि शान्तिको निन्द्रा दिनको निम्ति देशको चारै तिर गोर्खा अनिधो बसिरहेको छ, देशले बलिदान माङ्गद गोर्खा कहिले पछि हटेको इतिहास छैन,भारत राष्ट्रको प्रगतिको क्षेत्रमा हेर्दा पनि सबै क्षेत्रमा गोर्खाको अरु जातीको जतिकै योगदान छ, दिलिप घोषलाई यस्तो टिप्पणी गोर्खा माथि गर्ने कुनै अधिकार छैन र यसको बिरोध दार्जीलिंगको हर क्षेत्रबाट, हरेक जाति एवं समुदायबाट हुनेछ यो कुरा राजनैतिक नभएर सामुदायिक भएको छ जो अहिले पहाडमा आगो जस्तो फैली रहेको बताए भने लाब्दा मंग्पू समस्टीको अद्यक्ष श्री दिब्य बम्जनले मंग्पू मात्र नभएर सबै पहाडबाटै यसको घोर भर्त्स्ना गरिनु पर्ने आवाहन गरे साथै यो दिलिप घोषको बयानले हरेक गोर्खालीको छात्तीमा अनि भावनामा गहिरो चोट लागेको छ र जाति प्रति यस्तो कुनै पनि नकारात्मक पहल हुन्छ भने युवा मोर्चाले कदापी सहन नगर्ने बताएl
उक्त प्रेस बिज्ञप्तीमा बिशेस रुपमा समस्ती युवा मोर्चा सचिव श्रीमान सरद थापाको पनि उपस्थिति रहेको जानकारी रहेको छl

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles