Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपूमा शहीद दिवश पालन

$
0
0
Shaheed Diwas for Gorkhaland
आजको दिनलाई सम्पूर्ण दार्जीलिंग पहाडमा शहीद दिवशको रुपमा पालन गरिने हुनाले मङपू लाब्दा समष्टि गोर्खा जनमुक्ति मोर्चाले पनि यहाँको रबिन्द्र श्रमिक कल्याण केन्द्रमा शहीद दिवश पालन गर्यो | शहीदहरुको कुनै पार्टी हुँदैन भन्ने मूल मन्त्र लिएर १९८६ मा गोरामुमो द्वारा गरिएको हिंसात्मक गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुने शहीदहरु देखि लिएर २००७ देखि मोर्चाको नेतृत्वमा भएको गणत्रान्त्रिक गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुने सम्पूर्ण शहीदहरुको योगदानलाई स्मरण गर्दै श्रद्धा, सम्मान साथ शहीद वेदीमा खादा, माला अर्पण गर्दै गहिरो श्रधान्जली चडाएको छ | चाहे जुनै पार्टीको होस् तर उनीहरुले आफ्नो जाति अनि चिन्हारीको निम्ति गोर्खाल्याण्डको माग गर्दै आन्दोलित अवस्थामा शहीद हुनु परेकोले उनीहरु सबै सम्मानको पात्रा हुन् अनि उनीहरुले लडेको अधुरो लडाईलाई जितेर उनीहरुको सपनालाई साकार पारेको दिन मात्र उनीहरुको आत्माले शान्ति पाउनेछ अनि त्यस दिन मात्र शहीद दिवश पालन गर्नुको औचित्य पुरा हुनेछ भन्ने मोर्चा मङपू लाब्दा समष्टिको अडान छ | कार्यक्रममा मुख्य अतिथिको रुपमा क्षेत्रीय अनि भारप्राप्त सभासद रतन कुमार थापा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा पोख्रेबुङ समष्टिका सभासद दिपेन माले उपस्थित थिए | सम्बोधनको क्रममा सभासद दिपेन मालेले बिगत दिनमा दार्जीलिंगमा मुख्यमन्त्री ममता ब्यनार्जी द्वारा षड्यन्त्रपूर्ण भानु जयन्तिको पालन गरिएको विषयमा आपत्ति जनाए | यदि मुख्य मन्त्रीको भानुभक्त प्रति सांचै श्रद्धा र सम्मान थियो भने उनले कोलकातामा भानु जयन्ति मनाउन सक्नु पर्ने थियो तर उनले हाम्रो जातिलाई टुक्राउने षड्यन्त्रमा जात जातबाट नेतृत्वहरु उठाएर बङगाली मन्त्रीहरुको समुह बिच भानु जयन्ती पालन गर्यो जसलाई भानुभक्तको योगदान बारे केही थाहा छैन भनी बताए | उनले अझ बताए अनुसार भानुभक्त प्रति यसरी गरिएको अवहेलनालाई हाम्रो नेपाली साहित्यकारहरुले पनि सोंच्नुपर्ने दिन आएको बताए | यसरी नै क्षेत्रीय सभासद रतन कुमार थापाले पनि सहिदहरुको योगदानलाई स्मरण गर्दै उनीहरुको सपनालाई साकार बनाउन हामी बङ्गालको षड्यन्त्रदेखि पर बसेर एक जुट भइ गोर्खाल्याण्डको आन्दोलन लड्नु पर्ने बताए | उनले बर्तमान पहाडको राजनैतिक अवस्थामाथि चिन्तित हुँदै पहाडमा गोर्खाल्याण्ड माग्ने सम्पूर्ण पार्टी अनि नेताहरुलाई मुख्यमन्त्री ममता ब्यनार्जीले मुख थुन्दै षड्यन्त्रको ढुङ्ग्रोमा हालिरहेको बताए | यसै सन्दर्भमा गोर्खाल्याण्ड भन्ने पार्टी गोरामुमो अनि जाप नेता हर्क बहादुरहरुलाई पनि मुख थुनेर ढुङ्ग्रोमा हालेको बताउंदै अब यिनीहरुले कुनै हालतमा पनि गोर्खाल्याण्ड माग्न नसक्ने गरी मुख थुनिदिएको बताए भने केवल गोजमुमो अनि यसका प्रमुख बिमल गुरुङ मात्र यस षड्यन्त्रदेखि बाँकी रहेको बताए | बिमल गुरुङले चिन्हारीको आन्दोलन गरेकोले उनी यस षड्यन्त्रमा नपरेको बताउंदै यदि उनले पनि राजनीति गरेको भए आज पहाडमा कुनै बोर्ड बनिने थिएन उल्टा अध्यक्ष गुरुङ पनि मुख्यमन्त्रीकै षड्यन्त्रको शिकार हुने थियो यसैले सम्पूर्ण जनताले यस्तो षड्यन्त्रहरुलाई बुझेर कुन नेता सठीक र इमान्दार छ त्यो बुझेर जात – जातमा विभाजन हुनको साटो एकजुट भएर हाम्रो एकमात्र आन्दोलन गोर्खाल्याण्डलाई गन्तब्यमा पुराउन पट्टी जोड दिन पर्ने बताएको छ |
मोर्चा मङपू लाब्दा समष्टिको आयोजनामा सम्पन्न आजको सहिद दिवशमा समष्टि सभापति उर्गेन शेर्पाको अध्यक्षता रहेको थियो भने अनित खाती अनि बिशोर कार्कीले कार्यक्रमलाई संचालन गरेका थिए | समष्टि युवा मोर्चा सभापति बिकाश गुरुङले स्वागत भाषण राखेको कार्यक्रममा मोर्चा समष्टि सचिव रतन लामा, रुपाश बोम्जन आदिले पनि सम्बोधन गरेका थिए भने यसै कार्यक्रममा बिरेन गोले, अनित खाती अनि किशन कार्कीले सान्दर्भिक कविता वाचन गरे | गोर्खाल्याण्डको आन्दोलनमा सहिदहुने मङपूका सहिदहरु कुबीर खड्का अनि सावन कुमार राईको परिवारलाई स्मारिका नै सम्मान पत्र पनि प्रदान गरियो भने कार्यक्रमको मुख्य आकर्षकणको रुपमा दार्जीलिंगका चर्चित संगीतकार चन्दन लोम्जेलको टोली अजम्बरी नाट्य संस्थान द्वारा सान्दर्भिक गीति नाटक पनि प्रस्तुत गरिएको थियो भने संगीतकार चन्दन लोम्जेल द्वारा सहिदहरुलाई श्रधान्जली स्वरूप गीत पनि प्रस्तुत गरिएको थियो |
यसरी नै गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपू शाखाले पनि आफ्नो पार्टी कार्यलयमा शहीद दिवस पालन गर्यो | कैलाश पाख्रीनको अध्यक्षतामा सम्पन्न शहीद दिवस कार्यक्रममा शुरुमा गोरामुमो केन्द्रीय प्रवक्ता एनबी छेत्रीको बाहुलीबाट शहीद वेदीमा दीप जलन गरिएको थियो भने गोरामुमो मङपू क्षेत्रका गोरानास, भीपीसी, गोराबिमो साथै स्व० सुबास घिसिंगको नजिकको सम्बन्ध रहेको व्यक्ति डीपी चामलिंगको पनि उपस्थिति रहेको थियो | कार्यक्रममा शहीदहरु प्रति एनबी छेत्री, डीपी चामलिंग, गणेश ठकुरी, केबी गुरुङ, चमनसिंह प्रधान आदिले श्रधापूर्ण सम्बोधन गरेका थिए | गोरामुमोलाई शहीद दिवस पालन गर्ने नैतिक अधिकार रहेको बताउंदै २७ जुलाई १९८६ को दिन कालेबुंगको थाना डांडा, डम्बर चौकको घटनालाई स्मरण गर्दै ती शहीदहरु प्रति गहिरो श्रधान्जली अर्पण गरियो | गोरामुमो मङपू शाखा सचिव आनन्द राई द्वारा संचालित कार्यक्रममा सुबास घिसिंगले देशको निम्ति दिएको योगदान, गोर्खा जात प्रतिको माया साथै जातिको उत्थान गर्ने उनी गोर्खे गान्धी, गोर्खा जातिको पिता हुन् भनी सम्बोधन गरियो ||      

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles